बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट अली पक्राउ

भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट अली पक्राउ

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ।

National life

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले कतार एअरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अलीले जिन्सको पाइन्टको दायाँ तथा बाँयातर्फ कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

पक्राउ अलीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रकाशित: Mar 01, 2022| 00:00 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।