बुधबार, असार १०, २०८३

पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ। मंगलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए। 

National life

उनले भने, 'पशुपतिमा आजैदेखि भीड बढेको छ, कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै हामीले मास्क र स्यानिटाइजर अनिर्वाय गरेका छौँ, मास्क प्रयोग नगर्नेलाई प्रवेश दिइने छैन।'

पशुपति क्षेत्रमा दर्शनार्थीहरूको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मी तथा स्वयम्सेवकसमेत आज साँझ ५ बजेदेखि परिचालन गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलन थापाले जानकारी दिनुभयो। त्यसैगरी मेला क्षेत्र र दर्शन मार्गमा सिसी क्यामरा जडान गरिएको छ। पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ। शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो।

पशुपति क्षेत्रमा चोरी लुटपाटलगायत घटना रोक्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मी परिचालन गरिएको शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए।

उनका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजनासमेत बनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज पशुपति क्षेत्रको निरीक्षण अवलोकन गरी दर्शनार्थीलाई पानी तथा निःशुल्क खानाको व्यवस्थापन गर्न निर्देशन दिएसँगै अहिले उक्त क्षेत्रमा निःशुल्क खाना तथा पानीको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

Shivam cement

मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ। गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एअरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ।

यसैगरी गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। मन्त्री आलेको निर्देशनपछि अहिले पशुपति क्षेत्र झिलीमिली बनाइएको हो। पशुपति दर्शनमा आउने भक्तजनलाई कुनै पनि कुराको कमी हुन नदिन र लाइन लगाएर छिटो दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्नसमेत मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन्। 

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम पनि सम्पन्न भएको छ। पशुपति क्षेत्रमा रु ५० लाख बराबरको बिजुली बत्ती र फूलले सजाइएको छ। दाताहरूको सहयोगमा बिजुली तथा फूलले सजावट गरिएको हो। 

यसैगरी मन्त्री आलेको निर्देशनमा पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखन पनि सम्पन्न भएको छ। यसैगरी महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुनाकुनामा भीड बढेको छ। 

हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

प्रकाशित: Feb 28, 2022| 22:40 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।