बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती करणीको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ

जबरजस्ती करणीको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ

एमाले सांसद मोहन बानियाँ जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका उजुरी परेको थियो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- एमाले सांसद मोहन बानियाँ जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका उजुरी परेको थियो। 

National life

सोही उजुरीका आधारमा सांसद बानियाँलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएपछि नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए।

उनले भने, माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा पक्राउ गरिएको हो।'

उक्त उजुरीपछि पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेकोले आफैं प्रहरीमा उपस्थित हुने बताएको भए पनि पछिल्लो समय सम्पर्कविहीन भएका थिए। 

पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे बानियाँले आफ्नो बचाउ गर्दै त्यो सबै झूट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको बताएका थिए। 

Shivam cement


प्रकाशित: Feb 28, 2022| 20:44 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।