बिहीबार, असार ३२, २०८३

४.७७ अंक बढ्यो नेप्से बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४.७७ अंक बढेको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएपछि मंलबार नेप्से परिसूचक बढेको हो।

सोमबार पनि परिसूचक दोहोरो १२.८४ अंकले बढेर एक हजार १९४.५० विन्दुमा पुगेको थियो। सोमबार ‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि १.३६ प्रतिशत बढेर २५२.६८ विन्दुमा पुगेको छ।

सेयर बजारमा आएका १६० कम्पीहरुको ४ हजार ३३ शेयर ११ लाख ८९ हजार ६८९ पटक खरिद बिक्री भएको  छ । उक्त खरिदबिक्रीबाट २९ करोड ४१ लाख ८२ हजार ३४८ रुपैयाँ बराबरको  कारोबार भएको छ।

उत्पादनमुलक र माइक्रोफाइनेन्स समूहको बाहेक सबै समूहको परिसूचक हरियो भएको छ। जसमा सबैभन्दा बढी होटेल समूहको परिसूचक ४९.४२ अंक बढेको छ । बढेर १ हजार ८२३.०७ विन्दुमा पुगेको छ।
 
त्यसपछि लाईफ इन्सोरेन्सको २०.६१, नन लाइफ इन्सोरेन्स समूहको परिसूचक १९.८९ अंक बढेको छ। सबैभन्दा कम व्यापार समूहको परिसूचक ०.४२ अंक बढेको छ । 
त्यस्तै उत्पादनमुलक र माइक्रोफाइनान्स समूहको परिसूचक क्रमशः १९.७४ र ०.७ अंक घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्