बुधबार, असोज १४, २०८३

४३.१२ अंकले घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.१२ अंक घटेर बन्द भएको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.१२ अंक घटेर बन्द भएको छ। यस दिन कारोबारमा आएका १९८ कम्पनीको मूल्य ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको छ।

सोमबार नेप्से परिसूचक १.६२ प्रतिशत घटेर २६१०.६० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत घटेको छ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको ५४ हजार १२१ पटकको कारोबारमा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। 

प्रकाशित: Feb 28, 2022| 15:53 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्