शुक्रबार, जेठ १, २०८३

रिंगटा लाग्नु गम्भीर रोगको संकेत हुनसक्छ

कहिलेकाहिँ मानिसलाई रिंगटा लाग्नेगर्छ। बसिरहेको समयमा एक्कासी उठ्दा वा कहिलेकाहिँ हिँड्दा हिँड्दै पनि रिगटा लागे जस्तो हुन्छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- कहिलेकाहिँ मानिसलाई रिंगटा लाग्नेगर्छ। बसिरहेको समयमा एक्कासी उठ्दा वा कहिलेकाहिँ हिँड्दा हिँड्दै पनि रिगटा लागे जस्तो हुन्छ।

National life

रिंगटा लाग्नु आफैमा रोग होइन। तर, यो रोगको लक्षण हो। हाम्रो शरीर सन्तुलनमा हुनुपर्छ। शरीर सन्तुलनमा बस्नका लागि आँखा, दिमाग, भित्री कान माशंपेशी तथा जोर्नीहरूकोको सन्तुलन मिल्नुपर्छ।

कान, आँखा, जोर्नी मांशपेशीबाट सूचना मतिष्कमा जान्छ। मतिष्कले त्यो सूचना लिन्छ। त्यसलाई बुझ्छ र मिलाउँछ तथा समन्वय गर्छ।

ब्रेनबाट परिस्कृत सूचनाहरू फेरी, कान, आँखा, जोर्नी, मांशपेशीमा आउँछ जसले हाम्रो शरीरलाई सन्तुलनमा राख्छ।

यदि शरीरको सन्तुलन गर्ने अंगमा समस्या आएमा रिंगटा लाग्छ। कानमा अथवा कानबाट मतिष्कसम्म सूचना लिएर जाने बाटोमा समस्या आएमा आँखामा अथवा आँखाबाट मतिष्कसम्म सूचना लिएर जाने बाटोमा समस्या आएमा रिंगटा लाग्छ।

यस्तै जोर्नी/माशंपेशीमा अथवा जोर्नी/माशंपेशीबाट मतिष्कसम्म सूचना लिएर जाने बाटमा समस्या आएमा पनि रिंगटा लाग्छ। मानिसको मुटुमा समस्या छ वा मानसिक समस्या छ भने पनि रिंगला लाग्नेगर्छ।

रिंगटाको उपचार रिंगटा नलाग्ने औषधि खानुमात्रै होइन। रिंगटाको कारण पत्ता लगाएर त्यसको सही पहिचान गरी कारणको उपचार गर्नु राम्रो हुन्छ। त्यसैले रिंगटा लाग्यो भन्दैमा सामान्य रुपमा लिनु हुँदैन।

प्रकाशित: Mar 01, 2022| 06:26 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्