काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० कायम भएको छ।
आइतबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। आज चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।