बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन सम्पन्न, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थाल्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन सम्पन्न, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थाल्ने तयारी

योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान गरेको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

भैरहवा- भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ। 

योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान गरेको हो।

क्यालिब्रेसन उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुनेछ।

आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान, जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने महानिर्देशक अधिकारीले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले छिटोभन्दा छिटो व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने निर्देशन दिए। 

प्रकाशित: Feb 27, 2022| 23:08 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्