काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ घटेको छ।
गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर ९६ हजार ६०० रुपैयाँमा झरेको हो।
तेजावी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।