काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ।
गत शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुनको मूल्य ९६ हजार एक सय रुपैयाँमा कायम गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घटेको छ। आज चाँदी एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।