बुधबार, चैत ४, २०८२

नेपालमा कोरोना संक्रमण ओरालोतर्फ

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर ओरालोतर्फ लागेको छ। देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर ओरालोतर्फ लागेको छ। देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन्। 

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १५२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ७७१ पुगेको छ। 

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार ३०९ रहेको छ। पछिल्लो समय थप ५४० जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ९९८ पुगेको छ।  

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

यस रोगबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय एक लाख २९ हजार ११९ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। 

Laxmi sunrise bank
kumari

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८३९ रहेको छ। अहिले होम आइसोलेसनमा आठ हजार ५७८ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा २६१, आइसीयूमा ९२ र भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन्।

प्रकाशित: Feb 26, 2022| 21:25 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्