काठमाडौं- सिन्डिकेट उल्टाउने खेलमा लागेको सरकारले यायायात व्यवसायी समितिको रोक्का गरेको बैंक खाता खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै खाताको रकम निकासाका लागि प्रक्रिया अघि बढाएको हो ।
समितिहरुलाई खर्चको विवरण पेस गर्न सूचना मार्फत निर्देशन दिइएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ ।
सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा सुविधा कार्यालय खर्च तथा पानी बत्तीको खर्च विवरण पेस गर्न पाउने छन् ।
गत चैत्र १८ गते सरकारले सार्वजनिक यातायातलाई करको दायरामा ल्याउन र सिन्डिकेटको अन्त्य गर्न नयाँ निर्देशका जारी गरेको थियो । निर्देशिककाको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गरे पनि सरकारले समितिहरुको खाता रोक्का गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४