काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा र बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ३६ पैसा र बिक्री दर १३५ रुपैयाँ ०३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७८ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ७५ पैसा र बिक्री दर १३० रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०३ पैसा र बिक्री दर ३२ रुपैयाँ १९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर