बुधबार, चैत ४, २०८२

पुरुषभन्दा बढी महिलामा हुन्छ बिर्सने समस्या

अल्जाइमर स्मृतिक्षय हुने रोग हो। विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

अल्जाइमर स्मृतिक्षय हुने रोग हो। विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यो रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, संशय पैदा गराउने, नयाँ कुरा सिक्न नसक्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ।

National life

यो रोग बिस्तारै बढ्दै जाने भएकाले सुरुमा यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता दैनिक कामकाज गर्न सक्दैन। अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ। उमेर बढेसँगै बढी देखिने यो रोग यति व्यापक हँुदै गएको छ कि, सन् २०५० सम्ममा विश्वका १ प्रतिशतभन्दा बढी (प्रत्येक ८५ मा एकजना) मानिस यसबाट पीडित हुने अनुमान गरिएको छ।

बढ्दो उमेरका कारण महिलामा  यो समस्या हुने गरेको पाइएको छ। ६५ वर्षमुनिका व्यक्तिमा यो रोग बिरलै पाइन्कोछ। यदि नजिकका नातामा अल्जाइमर लागेको छ भने आफूलाई पनि हुने सम्भावना अधिक हुन्छ।

लिंग

पुरुषको तुलनामा महिला बढी बाँच्ने भएकाले तिनलाई अल्जाइमर हुने बढी सम्भावना हुन्छ। टाउकोमा लागेको चोटपटक तथा संज्ञानात्मक बधिरता (चेतनामा हानि), मुटुरोगसँग सम्बन्धित जोखिमका कारणहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपन, उच्च लिपिडेमिया)ले पनि अल्जाइमर रोग बढाउनमा भूमिका खेलेका हुन्छन्।

Laxmi sunrise bank
kumari

लक्षण

स्मरणशक्तिमा ह्रास आउन थाल्नु नै अल्जाइमर रोगको संकेत हो। अल्जाइमर रोगीले आफूलाई अल्जाइमर भएको थाहा नपाउन सक्छ, तर परिवारका अन्य सदस्यले उसका व्यवहार हेरेर लख काट्न सक्छन्। अल्जाइमर रोग लागेपछि देखिने स्मरणशक्तिसँग सम्बन्धित केही उदाहरण यसप्रकार छन् :

महत्वपूर्ण तिथिमिति बिर्सनु,

एउटै प्रश्न बारम्बार सोध्नु,

सम्झाउने कुराहरू वा सहयोगी चाहिनु,

आफ्ना दैनिक काम पूरा गर्न नसक्नु,

ठाउँ, मिति र समयबारे भ्रम उत्पन्न हुनु,

असामान्य ठाउँमा सामान राख्नु, आफूले राखेको ठाउँ बिर्सेर फेला पार्न नसक्नु,

राम्रो निर्णय गर्न नसक्नु, जस्तै : जोपायो उसलाई ठूलो रकम दिएर पठाउनु,

सामाजिक क्रियाकलापबाट हात झिक्नु,

आफूलाई मनपरेका कुराहरू पनि नगर्नु,

व्यक्तित्व र मुडमा परिवर्तन आउनु, जस्तै : स–साना कुरामा डराउनु, दिग्भ्रमित हुनु, शंकालु हुनु,

कुनै कुरालाई राम्रोसँग मिलाएर राख्न नसक्ने हुनु, जस्तै :कुर्सी, टेबुल मिलाउन नजान्नु, आदि।

उपचार

अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन, खाली चिकित्सकले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने सिकाउनेछन्। नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियतालगायतले यो रोग बढ्ने गतिलाई मत्थर पार्छन्।

रोकथाम

जीवनशैलीका केही तरिकाले अल्जाइमर रोग हुने सम्भावना घटाउन सक्छन्। सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुनेखालका काममा लाग्नुले तपाईंको मस्तिष्कको कार्यक्षमतालाई जोगाउन सक्छ। सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्त–दुरुस्त राख्नेखालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नबाट जोगाउने क्षमता राख्दछ। चिल्लोपदार्थ कम भएको खानेकुरा, सागसब्जी र फलफूलको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो। भेजिटेरियानलाई अल्जाइमर हुने संभावना कम हुन्छ।

प्रकाशित: Feb 26, 2022| 06:41 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्