बुधबार, चैत ४, २०८२

यस्ता बानीले हुनसक्छ घुँडाको समस्या

सामान्यतया हाम्रो शरीरको सबैभन्दा लामो हड्डी तिघ्रा र पिँडुलामा हुने गर्छ। यी दुवैबीचको जोर्नीलाई हामी बोलीचालीको भाषामा घुँडा भन्ने गर्छौं। माथि र तल शरीरको सबैभन्दा लामो हड्डी हुने भएकाले घुँडामा स्वतः भार पर्छ। शरीरको भार पनि घुँडामा पर्ने हुँदा हाम्रो सानो गल्तीले पनि समस्या बढाउँछ।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- बुढेसकालमा धेरैलाई घुँडा दुख्‍ने र खिइने समस्या हुने गर्छ। त्यसका विभिन्न कारण छन्।

National life

सामान्यतया हाम्रो शरीरको सबैभन्दा लामो हड्डी तिघ्रा र पिँडुलामा हुने गर्छ। यी दुवैबीचको जोर्नीलाई हामी बोलीचालीको भाषामा घुँडा भन्ने गर्छौं। माथि र तल शरीरको सबैभन्दा लामो हड्डी हुने भएकाले घुँडामा स्वतः भार पर्छ। शरीरको भार पनि घुँडामा पर्ने हुँदा हाम्रो सानो गल्तीले पनि समस्या बढाउँछ।

गलत आसन

बस्ने तरिका सही नहुँदा पनि घुँडामा विभिन्न समस्या उत्पन्न हुने गर्छन्। खासगरी, लामो समयसम्म एउटै पोजिसनमा र टुक्रुक्क बस्नाले पनि घुँडाको मांसपेशीमा असर पर्छ। त्यसबाट घुँडा दुख्ने र सुन्निने गर्छ। लामो समयसम्म यस्तो समस्या रहिरहे यसले घुँडालाई हानी पुर्‍याउन सक्छ।

धेरै वजन उठाउने

Laxmi sunrise bank
kumari

क्षमताभन्दा बढी वजन उठाउनाले पनि घुँडा कमजोर हुन्छ। विशेषगरी, आफ्नो क्षमताभन्दा बढी वजन उठाउँदा त्यसको समग्र भार घुँडामाथि पर्छ। र, घुँडा सुन्निने, दुख्ने र खिइने समस्या उत्पन्न हुन्छ।

बूढापाकाहरुले पटुकीको प्रयोग गर्नुको उद्देश्य हो, वजनका कारण हड्डीमा असर पर्न नदिनु। प्राविधिक रुपमा निकै सहयोगी हुन्छ, पटुकी।

आवश्यकताभन्दा बढी व्यायाम

शारीरीक कसरत आवश्यकताभन्दा कम या बढी गर्दा पनि घुँडामा असर पुग्छ। यस्तै, धेरै पटक सिँढीमा ओहोरदोहोर गरे या कम कसरत र हिँडडुलका कारण पनि घुँडामा समस्या देखिने गर्छ।

खासगरी, कम कसरतका कारण घुँडाको मांसपेशी निस्क्रिय हुने गर्छ। र, खिइने तथा दुख्ने समस्या आउँछ। घुँडालाई जति चलायो, त्यति नै एक किसिमको रसायन उत्पादन हुन्छ। उक्त रसायनले घुँडाका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ।

मोटोपना

एकाएक मोटोपना बढेमा समयमै नियन्त्रण गर्नु आवश्यक छ। नत्र, सम्पूर्ण शरीरको भार घुँडामा पर्ने गर्छ। र, घुँडा कमजोर भएर दुख्ने समस्या उत्पन्न हुने गर्छ।

हाई हिलको प्रयोग

हाई हिल महिलाहरुमाझ लोकपि्रय छ। लामो समयसम्म हाई हिल जुत्ताको प्रयोगले शरीरको ढंग बिग्रने गर्छ। त्यसका कारण पैताला र घुँडामा नकारात्मक असर पार्छ। र, घुँडा दुख्ने समस्या उत्पन्‍न गराउँछ।

प्रकाशित: Feb 26, 2022| 05:30 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्