बुधबार, असोज १४, २०८३

सुनको मूल्य तोलामा एक हजारले घट्यो

हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो। आज तोलामा ९८ हजार रपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- बिहीबार तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजारले घटेको छ। हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो। आज तोलामा ९८ हजार रपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ। आज भाउ घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले भाउमा उतारचढाव आइरहने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: Feb 25, 2022| 11:20 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्