बुधबार, चैत ४, २०८२

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। एक दशकदेखि अभियान सञ्‍चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

झापा- हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। एक दशकदेखि अभियान सञ्‍चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो। 

National life

भद्रपुर नगरपालिकामा बिहीबार पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारेका थिए। 

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उनले जानकारी दिए। प्रदेश नं १ मा झापा र मोरङमा यो कार्यक्रम छ।

यही फागुन २८ देखि आमऔषधि सेवन अभियान सञ्चालन हुने उनले जानकारी दिए। यसका लागि झापामा ६०० स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वयंसेविका परिचालन गरिने तयारी छ। 

जिल्लाका आठ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य रहेको उनले बताए। सो संख्याका लागि करिब नौ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डिइसी औषधिको व्यवस्था गरिएको चौलागाईँको भनाइ छ।

Laxmi sunrise bank
kumari

पछिल्लो तथ्यांक अनुसार झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन्। तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र छ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईँले जानकारी दिए। 

स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको सो गोष्ठीका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले हात्तीपाइलेविरुद्धको औषधिका सम्बन्धमा जनमानसमा अनावश्यक भ्रम रहेको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरी प्रयोगका लागि पठाइएकाले बिनासंकोच सेवन गर्न आग्रह गरे।

प्रकाशित: Feb 24, 2022| 22:00 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्