काठमाडौं- ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ।
बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल सुरु भएको हो।
संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी छन् भने भारतको तर्फबाट भारत सरकारका ऊर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी छन्।
आजबाट सुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको ऊर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ। आजबाट सुरु भएको बैठक शुक्रबारसम्म चल्नेछ।