बुधबार, असोज १४, २०८३

शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

बुटवल- शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ। 

बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भुसाललाई संयुक्तरुपमा पुरस्कार प्रदान गरेका हुन्। २८ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील भुसाल राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख हुन्।

यसैबीच बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा बैंकले यसअघि ३ लाख रुपैयाँको अक्षयकोषमा दुई लाख थप गरेर पाँच लाख बनाएको हो। 

उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई ५१ हजार रुपैयाँ राशिको शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा यो नै सबैभन्दा ठूला नगद राशिको पत्रकारिता पुरस्कार भएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताए।

प्रकाशित: Feb 24, 2022| 11:39 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्