बुधबार, असार ३१, २०८३

मेगा बैंकको तीन कर्जा योजना सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेगा बैंकले तीन आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले नवौं वर्षमा प्रवेश गरेको अवसर पारेर राजधानिमा सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा उक्त योजना सार्वजनिक गरेको हो।

योजना बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जलीले सार्वजनि गरेकी थिइन्। योजनामा साना तथा मझौला व्यावसायको प्रबर्द्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिना धितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरिएको हो।

सिइओ खुञ्जेलीको अनुसार यी तीनवटै कर्जा योजनाहरु ग्राहकहरुले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया शुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने छ।

छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको उनले बताइन्। ‘हामीले बितोको आठ वर्षमा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित गर्‍यो,’ उनले थपिन् ‘टुरिजमसँगको मर्जरपछि झन् बैंकको चुक्ता पूँजीका आधारमा नेपालकै दोस्रो ठूलो बैंक बन्न सफल भएको छ ।’ आगामी दिन झनै आकर्षक सुविधाहरु ल्याउने तयारी बैंकले गरिरहेको उनको भनाइ छ।

त्यस्तै कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालु आर्थिक बर्ष २०७५-७६ देखि बैंकको मुनाफामा बृद्धि हुने बताए।
 
आर्थिक बर्ष २०६९-७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै उनले भने, ‘हामीले भर्खरै मात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौँ । मर्जरपछि साधारणसभामार्फत नयाँ सञ्चालक समिति आएको छ। अब मेगा कल्चर अनुसार हामी रफ्तार बढाउँछौँ ।’ टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा झनै उत्साह थपिएको उनको भनाइ छ। 

चार बर्षभित्र बैंकले आफ्नै कर्पोरेट भवन बनाउने उनले कार्यक्रममा जानकारी दिए।

‘त्यस्तै आगामी दिनमा संघीय संचरना अनुसार हरेकप्रदेशमा प्रदेश हेडक्वार्टर स्थापना गर्नेछौं। विज्ञहरुसँगको परामर्शमा पाँच बर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ,’ उनले थपे ‘ आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौँ।’

बैंकको गत आर्थिक बर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ। यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको हो।  ग्राहक संख्या ५ लाख रहेको छ। कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ। 

हाल बैंकले १०१ वटा शाखा विस्तार गरेको छ। यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। 

दुई लाख सहयोग

यसैबीच वार्षिकोत्सवका अवसरमा मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको महाराजगन्जमा सञ्चालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययन गर्नको लागि १-१ लाख रुपैँया सहयोग गरेको छ।
 
एक सय जना गरिब तथा अनाथ बालबालिकालाई पौरखी नेपालमार्फत शिक्षा दिने योजना अन्तरगत मेगा बैंकले एक लाख रुपैँया सहयोग गरेको बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्