बिहीबार, चैत ५, २०८२

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० पुग्‍यो

देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। थप दुई जनाले ज्यान गुमाएका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। थप दुई जनाले ज्यान गुमाएका छन्। 

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ३६१ पुगेको छ। 

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ९७१ रहेको छ। पछिल्लो समय थप ९११ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ५४ हजार ३४१ पुगेको छ। निको हुने दर ९६ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

थप दुईको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ। 

Laxmi sunrise bank
kumari

त्यसैगरी पछिल्लो समय एक लाख ३५ हजार ७९० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९० रहेको छ। अहिले होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।  

प्रकाशित: Feb 23, 2022| 21:30 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्