बुधबार, असार ३१, २०८३

इन्स्योरेन्सले नेप्सेलाई दोहोरो अंकले बढायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएपछि सोमबार परिसूचक १२.८४ अंकले बढेर एक हजार १९४.५० विन्दुमा पुगेको छ।
 
हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.७३ अंक घटेर १ हजार १८१.६६ विन्दुमा अडिएको थियो। सोमबार ‘क’ बर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि २.४६ प्रतिशत बढेर २५१.३२ विन्दुमा पुगेको छ।

सेयर बजारमा आएका १५७ कम्पीहरुको २ हजार ८३९ शेयर ६ लाख ५८ हजार २९२ पटक खरिद बिक्री भएको छ। उक्त खरिदबिक्रीबाट १८ करोड ६५ लाख २६ हजार ५३५ रुपैयाँ बराबरको  कारोबार भएको छ।

होटेलबाहेक शेयर बजारमा आएका सबै समूहको शेयर परिसूचक हरियो भएको छ। होटलको भने स्थिर देखिएको छ। जसमा सबैभन्दा बढी नन लाइफ इन्सोरेन्स समूहको परिसूचक १३३.५१ अंक बढेको छ। बढेर ५ हजार ९९२.२६ विन्दुमा पुगेको छ।
 
त्यसपछि लाईफ इन्सोरेन्सको ५४.८६, माइक्रोफाइनान्स समूहको परिसूचक ३५.४५ अंकले बढेको छ। सबैभन्दा कम फाइनान्स समूहको परिसूचक १.८ अंक बढेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्