बुधबार, असोज १४, २०८३

सुधारको बाटोमा अघि बढेको नेप्से फेरि घट्यो

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा १५.५० अंकले गिरावट आएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा १५.५० अंकले गिरावट आएको छ। २७३५.९३ अंकबाट सुरु भएको परिसूचक बजार बन्द हुने बेला २७२०.४४ अंकमा ओर्लिएको छ।

आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर ४८ हजार ९ सय ११ पटक खरिद–बिक्री भएको छ। बजार घट्दा आज कारोबार भएका कम्पनीमध्ये ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ।

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र युनाइटेड आइडीआई आरबी हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट ब्रेकर लागेको छ। आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा घलेम्दी हाइड्रो, तेह्रथुम पावर कम्पनी, रूरू जलविद्युत परियोजना र सामलिङ पावर कम्पनी छन्।

समूहगत परिसूचकतर्फ हाइड्रो क्षेत्र र म्युचल फण्ड बढ्दा अन्य परिसूचक घटेका छन्। हाइड्रो समूह १.०७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.८४ प्रतिशतले बढेको छ। आज गुमाउने पाँच कम्पनीका लगानीकर्तामा प्रभु बैंक डिबेन्चर, नेपाल फाइनान्स लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स लिमिटेड, गुराँस लघुवित्त तथा लक्ष्मी इक्विटी फण्ड रहेका छन्।

प्रकाशित: Feb 23, 2022| 15:27 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्