काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज तेजावी सुनको मूल्य पनि ९६ हजार कायम भएको छ।
यस्तै चाँदीको मूल्य भने बढेको छ। हिजो प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ।