शुक्रबार, जेठ १, २०८३

नेपालमा पहिलोपटक जिका, चिकनगुनिया र डेंगु भाइरसको पिसिआर परीक्षण सुरु

हालसम्म र्‍यापिड परीक्षणाबाट गरिँदै आएकोमा अबदेखि पिसिआर परीक्षणबाट गर्न लागिएको प्रयोगशालाले जनाएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

National life

काठमाडौं- नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सेवा समेत सुरु गरेको छ। हालसम्म र्‍यापिड परीक्षणाबाट गरिँदै आएकोमा अबदेखि पिसिआर परीक्षणबाट गर्न लागिएको प्रयोगशालाले जनाएको छ। 

प्रयोगशालले एक सुचना जारी गर्दै आजबाट तीन वटा भाइरसको पीसीआर परीक्षण सुरु गरिएको जनाएको हो। प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार तत्कालका लागि ती सबै परीक्षण नि-शुल्क गरिएको छ। 

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ। यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन्।

प्रकाशित: Feb 22, 2022| 13:45 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्