शनिबार, साउन ३०, २०८३

सालकको खपेटासहित दुई जना पक्राउ

गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब एक किलो ग्रामको सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

धादिङ- गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब एक किलो ग्रामको सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ बस्ने २४ वर्षी शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ रहेका छन्।

उनीहरूलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना८ख ८४२९ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा सालकको खपेटासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Feb 21, 2022| 13:43 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।