बिहीबार, असार ११, २०८३

हुम्लाको दक्षिण भेगमा भाइरल ज्वरोका बिरामी बढे

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको संख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

हुम्ला- हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ। दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको संख्या दिनप्रति दिन बढ्दै गएको छ।

National life

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको संख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्। माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको संख्यामा वृद्धि भएको हो। भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो लाग्ने गरेको छ। 

एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा १६७ जना भाइरल ज्वरोका बिरामी उपचारमा आएको स्वास्थ्यचौकीका अहेब अशोक महताराले बताए। माघ महिनाको अन्तिमदेखि यस क्षेत्रमा बिरामीको संख्या उच्च रहेको छ भने छोटो समयमै ४०० भन्दाबढी ज्वरोका बिरामी उपचारमा आएको अहेब महताराले बताएका छन्। 

कोरोनासँगै मिल्दोजुल्दो लक्षण भए पनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाँच गर्न समस्या भएको बताइएको छ। देशभरि कोभिड-१९ शिथिल बन्न लागे पनि हुम्लामा उक्त भाइरससँग मिल्दो लक्षणका बिरामीको संख्या बढ्न थालेको हो। हुम्लाको अदानचुलीमा मात्र नभई अन्य गाउँपालिकामा पनि यो बिमारीको संख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्।

सात स्थानीय तह रहेको हुम्लामा प्रायः भाइरल ज्वरोका बिरामी भेटिन थालेका हुन्। जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा यतिबेला किटको अभाव भएको छ। किट अभाव हुँदा स्वास्थ्यकर्मीलाई जाँच गर्न असहज भएको छ। यो बिरामी हुनेको संख्यामा वृद्धि भएपछि यस क्षेत्रका नागरिकलाई झनै समस्या भएको पाइएको छ।   रासस

Shivam cement

प्रकाशित: Feb 21, 2022| 13:38 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।