बिहीबार, चैत ५, २०८२

२४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन्।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ। जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन्। ४९० संस्थागत आइसोलेशनमा छन्। उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। छ हजार ५७२ पिसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार १५६ पुगेको छ। यस अवधिमा चार जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ। 

प्रकाशित: Feb 20, 2022| 21:40 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्