बिहीबार, चैत ५, २०८२

बिहान धनियाँ पानी पिउनुका ५ फाइदा

धनियाँ स्वाद र सुगन्धका साथै औषधीय गुणले भरिपूर्ण हुन्छ। यसको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। स्वस्थ रहन दैनिक हरियो धनिया वा धनियाको दानाको सेवन गर्नु लाभदायक हुन्छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- धनियाँलाई तरकारी मसलाको रूपमा पनि प्रयोग गरिन्छ। धनियाँ स्वाद र सुगन्धका साथै औषधीय गुणले भरिपूर्ण हुन्छ। यसको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। स्वस्थ रहन दैनिक हरियो धनिया वा धनियाको दानाको सेवन गर्नु लाभदायक हुन्छ।  

National life

थाइराइड र तौल घटाउने जस्ता समस्यामा धनियाले औषधिको रूपमा काम गर्छ। धनियाँ उपभोग गर्ने उत्तम तरिका भनेको हरेक बिहान खाली पेटमा धनियाको पानी पिउनु हो। 

धनियाँ पानी पिउनुका फाइदा :

पाचन सुधार

धनियाको पानीले पाचन सम्बन्धी समस्या हटाउने काम गर्छ। दैनिक धनिया पानीको सेवनले शरीरको पाचन शक्तिलाई नियन्त्रित गर्छ। जसले गर्दा पेटमा एसिडिटीको मात्रा बढ्नबाट रोक्छ। पेट दुख्ने, पोल्ने, ग्यासट्रीक जस्ता समस्याबाट छुटकारा मिल्छ।

Laxmi sunrise bank
kumari

तौल घट्नु

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खानामा धनियाको पानी प्रयोग गर्नुहोस्। धनियाको पानीमा मेटाबलिज्म प्रक्रियालाई गति दिने तत्वहरू हुन्छन्। जसका कारण शरीरमा जम्मा भएको बोसो कम हुन थाल्छ र तौल  घट्न थाल्छ।

थाइराइडको समस्यामा फाइदाजनक हुन्छ

थाइराइडका बिरामीले पनि हरेक बिहान खाली पेटमा धनियाको पानी पिउनुपर्छ। थाइराइडको कमी वा बढी भएमा यो फाइदाजनक हुन्छ। धनियामा पाइने मिनरल्स र भिटामिनले थाइराइड हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

धनियाको पानी पिउनाले रोग प्रतिरोधी क्षमता बढ्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरमा फ्री रेडिकल कम गर्छ। जसले धेरै रोगसँग लड्न मद्दत गर्छ।

कपाललाई बलियो बनाउँछ

धनियामा भिटामिन के, सी र ए प्रचुर मात्रामा पाइन्छ। धनियाको पानीको सेवनले कपाल बलियो र छिटो बढ्न मद्दत गर्छ। धनियाको पानी दैनिक सेवन गर्नाले कपाल झर्ने समस्या कम हुन्छ।   अमरउजालाबाट

प्रकाशित: Feb 21, 2022| 06:35 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्