बिहीबार, चैत ५, २०८२

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाइने बताएका छन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाइने बताएका छन्।

National life

बिहीबार शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौं महानगरपालिका-१७ ठहिटीको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सरकारले सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताएका हुनु।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब १९ सय विद्यालय बनेका छन्,’ मन्त्री पौडेलले भन्, ‘देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन्।’ मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिए। 

पूर्वाधार निर्माणसँग, ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थमन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयहरूमा सोही कार्यक्रम जाने पनि बताए।

वैशाखबाटै शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयले निर्णय गरेको बताउँदै ज्येष्ठ १ गतेबाट कक्षा सञ्चालन हुने बताए। शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसिटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको कामअघि बढेको मन्त्री पौडेलले बताए।

Laxmi sunrise bank
kumari

उनले संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको दोहोर्‍याए।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भई नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत ४ करोड १७ लाखमा २२ कोठे भवन बनेको हो।

प्रकाशित: Feb 18, 2022| 07:16 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्