शुक्रबार, जेठ १, २०८३

जे एन्ड जे खोप लगाएकालाई पनि बुस्टर डोज दिइने, कुन खोप लगाउने?

फागनु १ गतेबाट देशभैर १८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप दिइँदै आएको छ। तर जे एण्ड जे खोप लगाएकालाई बुस्टर डोज लगाउने विषयमा अन्योलता भएको थियो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

National life

 काठमाडौं- सरकारले एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसन (जे एण्ड जे) खोप लगाएकाहरुलाई पनि बुस्टर डोज दिने निर्णय गरेको छ। फागनु १ गतेबाट देशभैर १८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप दिइँदै आएको छ। तर जे एण्ड जे खोप लगाएकालाई बुस्टर डोज लगाउने विषयमा अन्योलता भएको थियो। 

यसबारे अन्योल भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै अन्योलता हटाएको छ। महाशाखाको पत्राचारअनुसार जोनसन खोप लगाएकाहरुले बुस्टर डोजका रुपमा उपलब्ध भएसम्म सोही खोप दिइने जनाएको छ। 

यदि जे एण्ड जे खोप उपलब्ध नभएमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर खोप जुन कुनैपनि खोप लगाउन मिल्ने महाशाखाले जनाएको छ। सरकाले फागुन १ गतेदेखि दोस्रो डोज खोप लगाएको ६ महिना कटेका १८ बर्ष माथिकालाई बुस्टर डोज दिइरहेको छ।

प्रकाशित: Feb 17, 2022| 12:28 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्