शुक्रबार, जेठ १, २०८३

स्वास्थ्य मन्त्रालयमातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

पौडेल यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख थिए। इपिडिमियोलोजीमा भने कोशी अस्पतालका मेसु चुमनलाल दासलाई ल्याइएको छ। कोसी अस्तपालमा भने अस्पतालकै चिकित्सक डा. यज्ञ खरलेललाई मेसु बनाइएको मन्त्रालयले जनाएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

National life

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका उच्च अधिकारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयका अनुसार मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा डा. कृष्ण पौडेललाई ल्याइएको छ।

पौडेल यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख थिए। इपिडिमियोलोजीमा भने कोशी अस्पतालका मेसु चुमनलाल दासलाई ल्याइएको छ। कोसी अस्तपालमा भने अस्पतालकै चिकित्सक डा. यज्ञ खरलेललाई मेसु बनाइएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रमुख केशवराज पण्डीतलाई कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडा पठाईएको छ भने उनको ठाउँमा केन्द्रका डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको छ भने कान्ति वाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवा निधी बसौलालाई दिइएको छ। त्यस्तै केन्द्रिय कारागार अस्पतालकी डा. सुधा देवकोटालाई राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा पठाइएको छ भने केन्द्रिय कारागारमा प्रकाश शाह लाई पठाइएको छ।

प्रकाशित: Feb 16, 2022| 10:35 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्