बिहीबार, चैत ५, २०८२

पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूलाई पढाउन छोडेर विद्यालय समयमा आयोगको तयारी नगर्न निर्देशन दिएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूलाई पढाउन छोडेर विद्यालय समयमा आयोगको तयारी नगर्न निर्देशन दिएको छ।

National life

केन्द्रले सूचना जारी गर्दै विद्यालय समयमा लोकसेवा आयोग, शिक्षक सेवाआयोगलगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको हुँदा यस्ता कार्यमा सहभागी भएको पाइएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुने भन्दै नियमित पठनपाठन गराउन निर्देशन दिएको हो।

शिक्षकले विद्यालय समयमा स्थानीय तहमार्फत सबै शिक्षकहरूलाई निर्देशन दिन र इकाई मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउन निर्देशनात्मक अनुरोध गरेको छ।



प्रकाशित: Feb 16, 2022| 08:50 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्