बिहीबार, चैत ५, २०८२

ग्लोबल स्टुडेन्ट इन्टरप्रेनियर अवार्ड सम्पन्न, उपाधि सविललाई [तस्बिरसहित]

इन्टरप्रेनियर्स अर्गनाइजेसनले आयोजना गरेको ग्लोबल स्टुडेन्ट इन्टरप्रेनियर अवार्ड-२०२२ को उपाधि अर्वान्स नेपालका सञ्चालक सविल खानले जितेका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- इन्टरप्रेनियर्स अर्गनाइजेसनले आयोजना गरेको ग्लोबल स्टुडेन्ट इन्टरप्रेनियर अवार्ड-२०२२ को उपाधि अर्वान्स नेपालका सञ्चालक सविल खानले जितेका छन्। छनौट भएका १२ जना प्रतिस्पर्धीमध्येबाट अन्तिम तीनमा पुगेका फाइनलिस्टबाट खान विजेता भएका हुन्। खान, कल्की आईबटीका सिसिर पन्त र बिहे नेपालकी श्रद्धा कटुवाल अन्तिम तीनमा पुगेका थिए। 

National life

विजेता खानले एक लाख ५० हजार पुरस्कार पाएका छन्। फस्ट रनरअप पन्तले ५० हजार र सेकेन्ड रनरअप कटुवालले २५ हजार पुरस्कार पाएकी छन्। विजेता खानको अर्वान्स नेपालले घरघरमा एपमार्फत मानव संसाधन उपलब्ध गराउने काम गर्दै आएको छ।

अवार्ड कार्यक्रमको निर्णायक मण्डलमा रहेका अजय श्रेष्ठ, शिव पाठक, अमोद राज भण्डारी र रिस अग्रवालले सामूहिक रुपमा विजेता घोषणा गरेका थिए। 

युवालाई उद्यमी बनाउन प्रोत्साहन होस् भनेर कार्यक्रम आयोजना गरिएको इन्टरप्रिनियसर्स अर्गनाइजेसनका अध्यक्ष तरुणप्रताप साहले बताए। ‘विद्यार्थीमा उद्यमशिलता विकास होस भनेर कार्यक्रम आयोजना गरिएको हो,’ साहले भने। 

कार्यक्रमका विजेताले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने ग्लोबल स्टुडेन्ट इन्टरप्रेनरसिप अवार्डमा सहभागिता जनाउन पाउनेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 15, 2022| 21:12 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्