बिहीबार, चैत ५, २०८२

कोरोनाविरुद्धको खोप अभियानमा लापरबाही, नेपालमा भित्रिएको भन्दा बढी देखियो खोप

समितिले बुझाएको प्रतिवेदनमा कोरोनाविरुद्धको खोपमा पैसा लिएर खोप लगाएको, खोपको भण्डारण उचित नभएको, खोप धेरै मौज्दात भएको, खोप अभियनाका क्रममा लक्षित समूहबाहेकलाई खोप लगाइएको, बुस्टर मात्रा लगाउने निर्णय नहुँदै खोप लगाइएको निष्कर्ष छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- हराएको भनिएको कोरोनाविरूद्धको खोप छानबिन समितिले खोप अभियानमा लापरबाही भएको निष्कर्ष निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको खोप अनुगमनका लागि गठित समितिले अनुगमनका क्रममा खोप अभियानमा लापरबाही भएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ। प्रतिवेदनका अनुसार नेपालमा भित्रिएको भन्दा बढी खोप रहेको पाइएको छ। यसको मुख्य कारण १० मात्राको भाइलमा पनि ११ जनालाई खोप लगाएको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

National life

समितिले बुझाएको प्रतिवेदनमा कोरोनाविरुद्धको खोपमा पैसा लिएर खोप लगाएको, खोपको भण्डारण उचित नभएको, खोप धेरै मौज्दात भएको, खोप अभियनाका क्रममा लक्षित समूहबाहेकलाई खोप लगाइएको, बुस्टर मात्रा लगाउने निर्णय नहुँदै खोप लगाइएको निष्कर्ष छ। 

समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्यतथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्‍न समिति गठन गर्न पनि सुझाव दिएको छ। 

छानबिन समितिले माघ २१ सम्मको खोपको अवस्थालाई अध्ययन गरेको थियो। सो क्रममा माघ २१ सम्म नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० खोप नेपालले प्राप्त गरेको तथ्यांक छ। सो दिनसम्मा तीन करोड ३८ लाख २६ हजार ३३० खोप लगाइएको छ भने १ करोड २३ लाख ३७ हजार ६६५ डोज खोप मौज्दात रहेको तथ्यांक छ। प्रतिवेदन अनुसार खोपको विश्लेषण गर्दा चार लाख ४४ हजार ३५५ डोज बढी लगाएको देखिन्छ। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 15, 2022| 19:30 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्