आइतबार, जेठ ६, २०८१

बादी समुदाय र राज खलकबीचको प्रेमकथामार्फत 'हजुर मुसुक्कै'ले दिएको सन्देश

जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ। बादी महिला र बाइसे राजाको दुई पुस्ताले दरबारभित्र गरेको प्रेमलाई ऐतिहासिक पृष्ठभूमिमा छायांकन गरिएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

राज सरगम

राज सरगम

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– ‘यो राजकोट दरबार हो।’ नेपथ्यमा कथा वाचनसँगै देखिन्छन् दरबारका राजा रजौटाहरु। महाराज बलदेव सिंह (राजेश हमाल) यस दरबारका राजा हुन्। दरबारमा नाच्न आउने नचनिया बिष्ना बादी (निरुता सिंह)सँग महाराज बलदेव लुकीलुकी प्रेम गर्छन्। हठी स्वभाव र रमाइलो गरिरहन मन पराउने राजा बलदेवले बिष्नालाई सुनपानी छर्किएर चोखो बनाई दरबारभित्र प्रवेश गराएका छन्। यो प्रेम राजकुमार राजदेवले सानैदेखि देखेका हुन्छन्।  

triton college

रानी यशोदाको मृत्युपछि राजा बलदेवले अर्को रानी बिहे नगरी राजकुमार राजदेवलाई हुर्काउँछन्। यता बिष्ना बादी दरबारमा आउँदा आफ्नो भतिजी राइमतीलाई पनि लिएर आउने गर्छिन्। भतिजी राइमती र राजकुमार राजदेवबीच बाल्यकालदेखि नै प्रेम अङ्कुराउँदै जान्छ। राजकुमारको २५ औं जन्मदिनको अवसर पारेर बिष्ना बादी र जवान राइमती बादी दरबारमा नाच्न आइपुग्छन्। समारोहको अन्तिममा आफूले चाहेकी युवतीसँग राजाले राजकुमारको बिहे गरिदिने घोषणा गर्दा राजकुमारले विवाह अस्वीकार्दै राइमती बादीको प्रेममा परेको खुलासा गर्छन्। राइमतीसँगै विवाह गर्न अडान लिन्छन् राजकुमार।

राजा बलदेव छोराको खुशीका लागि घुँडा टेक्छन्। आफ्नो प्रेम सफल हुन नसके पनि राजकुमारको प्रेमका अगाडि गल्छन् र राइमती बादी र राजकुमारलाई स्वीकार्दै आफ्नो राज्यमा अब कुनै जातपात र उचनिच रहने छैन, मनुष्यले बनाएको जातपात र उचनिचलाई मनुष्य जीवनले नै हटाउनुपर्छ। यो कार्य मैबाट सुरु गर्छु भन्दै राजा बलदेवले जनहितमा सन्देश जारी गरिदिन्छन्। 

जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ। बादी महिला र बाइसे राजाको दुई पुस्ताले दरबारभित्र गरेको प्रेमलाई ऐतिहासिक पृष्ठभूमिमा छायांकन गरिएको छ।

आइतबार रिलिज भएको गीतको भिडियो रिलिजको २० घण्टाभित्रै ट्रेन्डिङमा परेको छ। गीतमा राजेश हमाल, निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड छन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको आवाज छ।

corrent noodles
Metro Mart

२५० वर्ष अगाडिका राजाले जातका विरुद्ध जनहितमा सन्देश जारी गरेको भए छुवाछूत एकादेशको कथा हुन्थ्यो होला आज। राजा बलदेवले परिवर्तन आफैंबाट सुरु गरे पनि यो समाजका कथित ठूलो जात भनिएकाले परिवर्तन गर्न सकेका छैनन्। यस विषयमा राज्य पनि सधैं निरीह भयो। ती राजाको भूमिकामा देखिएका राजेश हमाललाई केही समय अगाडि ‘जातको प्रश्न’ नामको कार्यक्रम नचलाउने चौतर्फी दबाब दिइएको थियो। यहाँसम्म कि हिन्दू समाजसँग माफी माग्नुपर्ने आवाज पनि उठ्यो। 

जातको प्रश्न कार्यक्रम क्रिश्चियनको सहयोगमा निर्माण गरिएका कारण बन्द गर्नुपर्छ भन्ने माग थियो। तर, विवादमा प्रस्तोता राजेश हमाल परे।

आजको समाजमा पनि जातकै कारण चरम अमानवीय र विभेदका घटनाहरु घटिरहेका बेला राजेश हमालले गीतमार्फत छुवाछूतकै विरुद्धमा वकालत गरेका छन्। निर्देशक आग्रीले भिडियोको कथा सुनाउँदा नै प्रभावित भएका थिए हमाल। ‘राजेश दाइले जातको प्रश्न कार्यक्रम काम गर्दागर्दै रोक्नुपर्यो। कार्यक्रम रोकिए पनि छुवाछूतको विषयमा बोल्न अभिनय गर्न सक्ने प्रतिक्रिया दिनुभएको थियो। त्यसपछि भिडियो बनाउन हाम्रो टिम पनि उत्साहित भयो,’ आग्रीले सुनाए।

जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ। बादी महिला र बाइसे राजाको दुई पुस्ताले दरबारभित्र गरेको प्रेमलाई ऐतिहासिक पृष्ठभूमिमा छायांकन गरिएको छ।

बादी समुदायका महिलाले आत्मसम्मान र पुनर्स्थापनाको माग गर्दै ०६४ सालमा आन्दोलन नै गरेका थिए। बादी आन्दोलन ४८ दिनसम्म चलेको थियो। बादी महिलाहरुले सिंहदरबार गेटअघि अर्धनग्न भएर प्रदर्शन गरे। 

आग्री निर्देशित भिडियोमा दरबारबाटै राजाले परिवर्तनको उद्घोष गरेका छन्। काल्पनिक कथा भए पनि दलितले खोजेको मुक्तिको लागि राजा वा राज्य नै लचिलो हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ भिडियोमा। राज्यको उच्च ओहोदामा बसेका अधिकारीबाटै परिवर्तनका लागि पहल हुनुपर्ने देखाइएको छ। निर्देशक आग्री भन्छन्, ‘यौन शोषणका लागि बादी महिलाहरु दरबारभित्र लगेर चोखो पारिन्छ तर जात चोखो हुँदैन। बाहिर भने तिनै महिलालाई घृणा गरिन्छ।’

२०६४ असोज २८ मा तत्कालीन सरकार र बादी आन्दोलनकारीबीच दुई बुँदे सम्झौता भयो। सम्झौता अनुसार २३ पुस २०६५ मा मन्त्रिपरिषद् बैठकले बादी समुदायलाई यौन शोषणमुक्त समुदाय घोषणा पनि गर्यो। तर सोचेजस्तो आत्मसम्मानको प्रत्याभूति र पुनर्स्थापना हुन सकेन। आग्री भन्छन्, ‘बौद्धिक व्यक्तित्वहरुबाट पहल हुन सके परिवर्तन सम्भव छ। अझ कलाकार तथा स्रष्टाहरुले छुवाछूतका विरुद्ध बढीभन्दा बढी बोल्नुपर्छ। कागजमा छुवाछूत हटे पनि व्यवहारमा हटेको छैन।’

शासकहरुले जातीय तहगत संरचना बनाई कलामार्फत मनोरञ्जन दिने समुदायलाई परापूर्वकालदेखि नै थिचोमिचो गरेको इतिहास छ। यसकिसिमको थिचोमिचो आजको समाजमा पनि व्याप्त छ। यसको उदाहरणको रुपमा रुकुममा नवराज विकसहित ६ जना युवकको हत्यालाई लिन सकिन्छ। अथवा अजीत मिजारहरु न्याय नपाएर अस्पतालको मृत्यु शैयामा छन्। समाजमा आजका युवाहरु आफ्ना अघिल्ला पुस्तामा रहेको मानसिकतालाई नै पछ्याउन छोडेका छैनन्। अघिल्लो पुस्तालाई दोष दिँदै तर्किन खोजेको आजको पुस्ताले अपवादबाहेक छुवाछूत न्यूनीकरणमा आवाज उठाउन हिचकिचाउँछन्। 

बादी समुदाय कला, सीप र पेसाले निपूर्ण जाति हो। इतिहासमा पनि बादी जातिको पहिचान सम्मानित थियो। निर्देशक आग्री भन्छन्, ‘बादीहरुको संगत राजा–महाराजहरुसँग हुने भएकाले उनीहरुको जीवनशैली अन्य दलितको भन्दा उच्च कोटीको थियो। तर छुवाछूतका कारण हेलाहोचोमै बाँच्नुर्यो। आज पनि कला चल्ने तर कलाकार नचल्ने समस्या छ।’

अभिनेत्री निरुता सिंहले पनि कन्सेप्ट सुन्नेबित्तिकै अभिनयका लागि सकारात्मक प्रतिक्रिया दिएको आग्रीले सुनाए। निरुता र राजेशले १२ वर्षपछि सँगै काम गरेका हुन्। यो संयोग पनि भिडियो कथाका कारण जुरेको बताउँछन् आग्री। ‘उहाँहरु (राजेश र निरुता) ले बोल्नुपर्ने विषयमा अभिनय मार्फत बोलिदिनु भएको छ,’ आग्री भन्छन्, ‘सुरुमा बुझाउन गाह्रो भएको थियो, पछि उहाँहरुले यस्तो मुद्दामा अभिनयबाट वकालत गर्न हौसिनुभयो।’

बादी महिलाहरुको आन्दोलनपछि सरकारले बादी समुदायलाई यौनशोषण मुक्त समुदाय घोषणा गरे पनि पुनर्स्थापनाको पहल भने प्रभावकारी हुन सकेको छैन। ‘हजुर मुसुक्कै’ बोलको गीतका पात्र राजा बलदेव (राजेश हमाल)ले अभिनयमार्फत उचनिच नगर्ने प्रतिबद्धतासहित बादी समुदायकी चेलीलाई दरबारमा बुहारी बनाएर भित्र्याएर समाज परिवर्तनमा पहल गरिदिएझैं आजको राज्य, शासक र जनताले पनि पहल गर्ने हो भने छुवाछूत सतिप्रथाजस्तै हराएर जाने थियो।

प्रकाशित: Feb 15, 2022| 19:16 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।