शुक्रबार, जेठ ४, २०८१

वैदेशिक रोजगारीमा घटेन ठगी, ६ महिनामा ८४४ उजुरी

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागले प्रहरी टोली नै परिचालन गरेको छ।
 |  बुधबार, फागुन ४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, फागुन ४, २०७८

काठमाडौं– वैदेशिक रोजगारी ठगी नेपालका लागि नौलो विषय होइन। बबरमहलस्थित वैदेशिक रोजगार विभाग कार्यालयमा दैनिक थुप्रै युवा ठगिएको उजुरी लिएर आउँछन्। बेलाबेलामा आरोपित पक्राउ पनि पर्छन्। तर, यो समस्याको दिर्घकालीन समाधान हुन सकेको छैन।   

triton college

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागले प्रहरी टोली नै परिचालन गरेको छ। विभागको कार्यालय परिसरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को इन्स्पेक्टरसमेत सात जनाको टोली परिचालन भएको हो।

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि मानव बेखबिखन अनुसन्धान ब्युरोबाट प्रहरी खटिएका हुन् । विभागमा खटिने प्रहरी टोलीले उजुरी लिनेदेखि पक्राउ गर्ने र अनुसन्धानको काममा पनि सघाउने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।  

वैदेशिक रोजगारीमा ठगी पुरानै समस्या रहेको र पछिल्लो समय भिजिट भिसाको नाममा धेरै मानिसलाई अलपत्र पार्ने गरेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा अनुसन्धानमा ढिलाइ भयो भन्ने नागरिकको गुनासोपछि त्यसलाई तत्काल समाधानका लागि गृह मन्त्रालयसँग प्रहरी माग गरेको महानिर्देशक पौडेलले बताए। 

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान खोज्नेहरुलाई ठगी गरेको आरोपमा प्रहरीले ६१ जनालाई पक्राउ गरेको छ।

उनका अनुसार प्रहरी टोलीले विभागकै नियमित कर्मचारी सरह महानिर्देशकको निर्देशनमा काम गर्नेछ भने निवेदन प्राप्त हुने बित्तिकै तत्कालै व्यक्तिलाई पक्राउ तथा खानतलासी गर्नुपर्ने अवस्थामा पनि उनीहरुलाई खटाउन सकिनेछ। पीडितका गुनासा लामो समयसम्म दराजमा थन्किएर बस्ने समस्या अब अन्त्य हुने विभागको दाबी छ।

corrent noodles
Metro Mart

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान खोज्नेहरुलाई ठगी गरेको आरोपमा प्रहरीले ६१ जनालाई पक्राउ गरेको छ। विभागका अनुसार ६ महिनामा ७ सय २१ वटा व्यक्तिगततर्फ उजुरी परेकोमा प्रहरीले ६१ जनालाई पक्राउ गरेको हो। ५७ वटा मिलापत्र र १३८ वटा मुद्दा अदालत पुगेका छन् भने बाँकी उजुरीमाथि विभागले अनुसन्धान गरिरहेको छ। व्यक्तिगततर्फ ६ महिनाको अवधिमा ५० करोड ९१ लाख ५० हजार ३ सय ५१ हजार रुपैयाँ ठगी भएको उजुरी विभागमा परेको छ। 

यस्तै, संस्थागततर्फ ठगी भएको भन्दै विभिन्न म्यानपावर कम्पनीविरुद्ध १२३ वटा उजुरी परेको छ। जुन उजुरीमार्फत ५ करोड ३१ लाख रुपैयाँ ठगी भएको दाबी गरिएको छ। विभागका अनुसार व्यक्तिगत र संस्थागततर्फ गरेर ८४४ वटा उजुरी परेको छ भने ५६ करोड २२ लाख ५० हजार ३ सय ५१ रुपैयाँ ठगी भएको छ। 

संस्थागततर्फ ५ करोड ३१ लाख ठगी भएकोमा विभागले २ करोड २४ लाख ३ हजार ३ सय म्यानपावर कम्पनीसँग असुल गरे पनि अन्य रकम भने उठाउन सकेको छैन। व्यक्तिगतर्फ करिब ५१ करोड ठगी भएकोमा जम्मा ४ करोड ५८ लाख ९२ हजार ५ सय २५ रुपैयाँ मिलापत्रमार्फत असुल भएको छ बाँकी साढे ४५ करोडभन्दा धेरै रकम फसेको छ।

कानुनअनुसार एउटा म्यानपावर कम्पनीले एक वर्षमा सयजना कामदार रोजगारीका लागि विदेश पठाउनैपर्छ। यो आकडा पूरा गर्न नसक्ने कम्पनी सरकारले बन्द गर्छ।

विभागका प्रवक्ता कृष्णप्रसाद भुसालका अनुसार कोभिड महामारीपछि म्यानपावर कम्पनी र यसको आडमा बिचौलियाको काम गर्ने दलालबाट सयौं नेपाली ठगिएका छन्। ‘दुई वर्षअघिको अवस्था र अहिलेको अवस्थामा धेरै बदलाव आएको छ। कोभिडपछि ठगी धन्दा मौलाएको देखिन्छ,’ उनले भने। कम्पनीमार्फत ठगिएकालाई न्याय दिलाउन सकिए पनि व्यक्तिमार्फत ठगिएकालाई न्याय दिलाउन मुस्किल पर्ने गरेको उनको अनुभव छ। उनले भने, ‘पैसा दिएको प्रमाण नहुने, कुनै म्यानपावर कम्पनीमा संलग्नता पनि नदेखिने हुँदा कारबाही गर्न समस्या पर्छ। तर, यसैगरी ठगिनेको संख्या सबैभन्दा धेरै छ।’

कोरोना महामारअघि दैनिक २–३ वटा उजरी दर्ता हुने गरेकोमा हाल दैनिक ५–६ वटासम्म उजुरी दर्ता हुने गरेको विभागको तथ्यांक छ। महामारीका कारण बेरोजगार बनेका व्यक्तिहरु नै दलाल बनेर ठगी धन्दामा सक्रिय भएको विभागको विश्लेषण छ। 

५७९ म्यानपावर कम्पनी बन्द

कानुनअनुसार एउटा म्यानपावर कम्पनीले एक वर्षमा सयजना कामदार रोजगारीका लागि विदेश पठाउनैपर्छ। यो आकडा पूरा गर्न नसक्ने कम्पनी सरकारले बन्द गर्छ। अहिलेसम्म ५७९ वटा कम्पनी यही कारण बन्द भएको विभागको तथ्यांक छ। कोरोनाका कारण लामो समय वैदेशिक रोजगार बन्द भएपछि उक्त संख्या पुर्याउन नसक्दा म्यानपावर कम्पनीको लाइसेन्स खारेज भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए।

व्यवसायीहरुले कोरोनाको कारण देखाएर नवीकरण गरिदिन माग गरे पनि कानुनी व्यवस्था अनुसार खारेजी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। अहिले देशभर ८५५ वटा म्यानपावर कम्पनी सञ्चालनमा छन्।

प्रकाशित: Feb 16, 2022| 07:43 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्