मंगलबार, वैशाख १६, २०८२

'गुणस्तरीय इन्जिनियरिङ शिक्षाका लागि जानुपर्दैन विदेश'

नेपालका ६ वटा विश्वविद्यालयले उच्च शिक्षामा इन्जिनियरिङ शिक्षा अध्ययनको व्यवस्था गरेका छन्। नेपाल इन्जिनियरिङ परिषदको तथ्याङ्कअनुसार ती विश्वविद्यालयका ५० वटा संस्थान/कलेजमा प्रतिवर्ष १० हजार ९ सय ७३ विद्यार्थी सहभागी हुन सक्ने गरी सिट निर्धारण गरिएको छ। त्यसमध्ये करिब ७ हजार विद्यार्थी मात्र भर्ना हुने गरेको तथ्यांक परिषदको छ।
 |  मंगलबार, फागुन ३, २०७८
nespernesper

विपिन पोखरेल

विपिन पोखरेल

मंगलबार, फागुन ३, २०७८

vianetvianet

काठमाडौं- उच्च शिक्षा लिने विद्यार्थीहरूका लागि इन्जिनियरिङ शिक्षा रोजाइको विषय हो। प्रतिवर्ष करिब १८ हजार नेपाली विद्यार्थी इन्जिनियरिङ शिक्षा अध्ययन गर्न स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय/शिक्षण संस्था पुग्ने गरेको अनुमान छ।

triton college

नेपालका ६ वटा विश्वविद्यालयले उच्च शिक्षामा इन्जिनियरिङ शिक्षा अध्ययनको व्यवस्था गरेका छन्। नेपाल इन्जिनियरिङ परिषदको तथ्याङ्कअनुसार ती विश्वविद्यालयका ५० वटा संस्थान/कलेजमा प्रतिवर्ष १० हजार ९ सय ७३ विद्यार्थी सहभागी हुन सक्ने गरी सिट निर्धारण गरिएको छ। त्यसमध्ये करिब ७ हजार विद्यार्थी मात्र भर्ना हुने गरेको तथ्यांक परिषदको छ।

इन्जिनियरिङ अध्ययनकै लागि विदेश जाने विद्यार्थीको संख्या पनि ठूलो छ। तर यसको यकिन तथ्यांक छैन। परिषदका रजिस्ट्रार शिवमंगल गिरीका अनुसार नेपालको इन्जिनियरिङ डिग्री विदेशको भन्दा कमजोर छैन। यद्यपि नेपालमा विद्यार्थीको कोटा पूरा नहुने तर विदेशिने विद्यार्थीको संख्या कम छैन।

सूचना प्रविधि क्षेत्रको तीव्रतर विकासले इन्जिनियरिङमा आकर्षण बढेको छ। नेपालका विश्वविद्यालयले समयानुसार पाठ्यक्रम परिमार्जन गर्दै लगिरहेका पनि छन्। ‘इन्जिनियरिङ शिक्षामा नेपाली विद्यार्थीको आकर्षण बढेको छ। गुणस्तरीय अझ वृद्धि गर्न व्यवस्थित गर्दै लैजाने विषयमा परिषद्ले सरोकारवाला निकायसँग निरन्तर छलफलमा छ,' गिरी भन्छन्, 'इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई एकीकृत प्रवेश परीक्षा र अध्ययनपछि कार्यक्षेत्रमा जाने जनशक्तिका लागि इन्जिनियरिङ लाइसेन्स परीक्षाको व्यवस्था गर्न लागिएको छ।’ यस्तो अभ्यास मेडिकल शिक्षामा भइसकेको छ।  


National life insurance

विकासोन्मुखबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रक्रियामा रहेको नेपालले अब पूर्वाधार विकासमा लगानी बढाउनु पर्नेछ। अर्थतन्त्रको ठूलो हिस्सा पूर्वाधार विकासमा खर्च हुने भएकाले इन्जिनियरसहितको दक्ष जनशक्तिको आवश्यकता बढेको रजिस्ट्रार गिरीको भनाइ छ।

कुन विषयमा कति कोटा?

कक्षा १२ मा भौतिक विज्ञान र गणित विषय रोजेका विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षामा सहभागी हुन पाउँछन्। सिभिल इन्जिनियरिङतर्फ ४ हजार ४१६ सिट संख्या निर्धारण गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ५ सय ३२, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका लागि १ हजार ३९४, मेकानिकल इन्जिनियरिङका लागि ३६० सिट छुट्याइएको छ।

यस्तै, केमिकल इन्जिनियरिङमा ३०, कम्प्युटर इन्जिनियरिङमा २ हजार १४०, इन्भ्यारोमेन्टल इन्जिनियरिङका लागि ३५, एग्रिकल्चर इन्जिनियरिङका लागि २४, आर्किटेक्चर इन्जिनियरिङ तर्फ ६१० सिट संख्या कायम गरिएको छ। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ३ सय, बायोमेडिकल इन्जिनियरिङतर्फ ७२, सफ्टवेयर इन्जिनियरिङतर्फ १९२, बीईआईटीमा ४३२, इन्डस्ट्रियल इन्जिनियरिङतर्फ ४८, जियोमेटिक्स इन्जिनियरिङतर्फ १४८, सिभिल एन्ड रुलर एन्जिनियरिङमा ९६ कोटा निर्धारण गरिएको छ। यसैगरी, अटोमोबाइल इन्जिनियरिङमा ९६ ,एरोस्पेस इन्जिनियरिङतर्फ ४८ जना गरी १८ वटा विषयमा नेपालभरका शिक्षण संस्थामा १० हजार ९ सय ७३ सिट संख्या कायम गरिएको परिषद्ले जारी गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा रहेका ५० वटा इन्जिनियरिङ क्याम्पस मध्ये काठमाडौं उपत्यकामा मात्रै ३० वटा छन्।

इन्जिनियरिङ कलेजहरुको छाता संगठन एकोनका अध्यक्ष लक्ष्मण पोखरेल बजारमा सबैभन्दा बढी माग सिभिल इन्जिनियरहरूको भएको बताउँछन्। ‘अर्थतन्त्रको ठूलो हिस्सा पूर्वाधार विकासमा खर्च हुन्छ। पूर्वाधार विकासको न्यूनतम शर्त दक्ष जनशक्ति हो। नेपालजस्तो देशमा दक्ष इन्जिनियरको आवश्यकता दिनानुदिन बढ्दै गएको छ।'

एकोन अध्यक्ष पोखरेलले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज भएकाले इन्जिनियरिङ शिक्षाका लागि नेपाल नै उत्तम हुने सुझाव दिन्छन्। ‘नेपाल पढ्दा नेपालीपन हुन्छ। नेपाली व्यावसायिक र पेसागत वातावरण बुझ्न पनि सजिलो पर्छ। फिल्डमा काम गर्न सजिलो हुन्छ,' उनले भने।

इन्जिनियरिङ शिक्षण संस्थामा शुल्क महँगो हुने भएकाले छात्रवृत्तिमा नाम निकाल्न विद्यार्थीहरूबीच तीव्र प्रतिस्पर्धा हुन्छ। सीमित सिट हुने भएकाले सबै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउँदैनन्।

स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न ८ सेमेस्टर (४ वर्ष) का लागि ८ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ। इन्जिनियरिङका लागि हरेक वर्ष थुप्रै नेपाली विद्यार्थी भारत जाने गरेका छन्। भारतमा २० लाख रुपैयाँसम्म खर्च हुने गरेको त्यहाँ अध्ययन गरी फर्किएकाहरू बताउँछन्। एकोन अध्यक्ष पोखरेलका अनुसार भारतमा इन्जिनियरिङ अध्ययन गरेकाहरू धेरैजसोलाई रोजगारीका लागि हम्मेहम्मे पर्ने गरेको छ। भारतको शिक्षा नेपालको सन्दर्भमा केही फरक पर्ने भएकाले अफ्ठेरो पर्ने गरेको उनको भनाइ छ।

काउन्सिलले नेपालबाहेकका ४४ देशका ८ सय ४ वटा विश्वविद्यालयमा अध्ययन गर्न पाइने अुनुमति दिएको छ। यसमध्ये सबैभन्दा बढी भारतमा ३ सय १४, चीनका ५८, युएसएसआरका ८१, रुसका ३९, अमेरिकाको ७२, बेलायतका २५, जापानका १२, अस्ट्रेलियाका १६ विश्विद्यालय/शिक्षण संस्थालाई काउन्सीलले दर्ता अनुमति दिएको छ।

विदेशमा आकर्षण किन?

अधिकांश इन्जिनियरमा विदेश मोह छ। नेपालमा इन्जिनियरिङ पढाइ सक्ने थुप्रै इन्जिनियरहरू पनि विदेशिने गरेका छन्। प्राज्ञिक र पेसागत अवसर राम्रो हुने भएकाले पनि इन्जिनियरहरूमा विदेश मोह भएको जानकारहरू बताउँछन्। विदेशमा इन्जिनियरको माग र आम्दानी नेपालको तुलनामा राम्रो हुने भनिन्छ।

सबल आर्थिक हैसियत भएकाहरु युरोपेली देश, क्यानाडा, अस्ट्रेलिया, अमेरिकाजस्ता देशमा जान चाहने शैक्षिक परामर्शदाताहरू बताउँछन्। यद्यपि राम्रो आम्दानी हुने भएकाले खाडी राष्ट्र र मलेसियामा जाने इन्जिनियरको संख्या पनि उतिकै छ। नेपाली इन्जिनियरलाई नेपालमा नै आकर्षण गर्न नसक्दा बजारमा दक्ष इन्जिनियरको अभाव हुने गरेको छ।

रोजाइका विषय

इन्जिनियरिङ पेसामध्ये सबैभन्दा बढी आकर्षणको विषय हो सिभिल इन्जिनियरिङ। आर्किटेक्चर र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा पनि उत्तिकै प्रतिस्पर्धा छ। पछिल्लो समय कम्प्युटर इन्जिनियरिङ, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स, एग्रिकल्चर, बायोमेडिकल, सफ्टवयर, जियोमेटिक्स इन्जिनियरिङमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ को दफा ३८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको अनुसूचीको बुँदा नम्बर ४७ मा इन्जिनियरिङ विषय थप गर्न दिएको दिन सकिने उल्लेख छ। सोही व्यवस्थाअनुसार नेपालमा अटोमोबाइल, एरोस्पेस, पेट्रोलियम, मेकाट्रोनिक्स, हाइटेक एन्ड प्लास्मा एन्ड पावर प्लान्टस इन्जिनियरिङ, बिटेक नोवेल आर्किटेक्चर एन्ड सिप बिल्डिङ, ब्याचरर्स अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनरी जस्ता विषय अध्ययनका लागि अनुमति पाइसकेको छ।

नेपाल इञ्जिनियरिङ काउन्सिलमा दर्ता भएका ६४ हजारभन्दा बढी इन्जिनियरहरुमध्ये ११ क्षेत्रमा अहिलेसम्म कुनै पनि इञ्जिनियर दर्ता भएका छैनन्। काउन्सिलले सूचीकृत गरेका विभिन्न ५५ वटामध्ये ४४ वटा विषय अध्ययन गरेका इञ्जिनियर नेपालमा दर्ता भएका हुन्।

काउन्सिलको तथ्यांकमा सिभिल एभिएसन अपरेसन तथा इञ्जिनियरिङ विषय पढेका इञ्जिनियरहरु काउन्सिलमा दर्ता छैनन्। त्यस्तै, एभिओनिक्स, भूकम्प इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ साइन्स एन्ड इञ्जिनियरिङ, मेटेरोलोजी, मेट्रोलोजी, साउन्ड एन्ड भिडियो, ब्याचलर अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनोरी, लजिस्टिक इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङतर्फका इन्जिनियर नेपालमा छैनन्।

इन्जिनियरिङ लाइसेन्स परीक्षा सञ्चालनको तयारी

परिषद्ले इन्जिनियरहरूको लाइसेन्सका लागि एकीकृत परीक्षा लिने विषय उठाउन थालेको पनि लामै सयम भइसकेको छ। परिषद्को ऐन, २०५५ मा हाल सो व्यवस्था नभएकोले संशोधनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाइसकेको छ। ऐन संशोधन हुन नसकेकाले यो विषय थाती छ।

संशोधित ऐन कार्यान्वयनमा आएपछि लाइसेन्सका लागि एकीकृत परीक्षा प्रणाली लागू गरिने छ। हालसम्म नेपालमा ६४  हजार ६ सय २० जना इन्जिनियर दर्ता भएका छन्। जसमा ५६ हजार ६ सय ६५  पुरुष र महिलाको संख्या ७ हजार ९ सय ५५ छ।

इन्जिनियरहरु कुन र कस्तो ठाउँमा कार्यरत छन् भन्ने तथ्याङ्क परिषदमा नहुने र परिषद्ले प्रमाणपत्रको आधारमा नाम दर्ता गर्ने कार्य मात्र गर्ने परिषद्ले जनाएको छ।

नेपाल इन्जिनियरिङ परिषदबाट मान्यताप्राप्त इन्जिनियरिङ कलेज (स्नातक)

कलेज जम्मा सिट संख्या

१,आईओई,पुलचोक ललितपुर-५२८

२,पश्चिमाञ्चल क्याम्पस,पोखरा- ४३२

३,एडभान्सड कलेज अफ इन्जिनियरिङ,ललितपुर-३३६

४,नेशनल कलेज अफ इन्जिनियरिङ, ललितपुर-२४०

५,पूर्वाञ्चल क्याम्पस,धरान-४५६

६,हिमालयन कलेज अफ इन्जिनियरिङ,च्यासल-२४०

७,काठमाडौं इन्जिनियरिङ कलेज,कालिमाटी-३८४

८,कान्तिपुर इन्जिनियरिङ कलेज,धापाखेल- २८८

९,थापाथली क्याम्पस,थापाथली- ३३६

१०,ख्वपा कलेज अफ इन्जिनियरिङ,भक्तपुर-१९२

११,जनकपुर इन्जिनियरिङ कलेज,भक्तपुर- १९२

१२,क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट,बालकुमारी  १९२

१३,सगरमाथा इन्जिनियरिङ कलेज,सानेपा-  ९६

१४,ललितपुर इन्जिनियरिङ कलेज ,ललितपुर-४८

१५,गण्डकी इन्जिनियरिङ कलेज,लामाचौर ,पोखरा--   ९६

१६,कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजि,ललितपुर ४३२ १७,नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी,धनगडी-१४४

१८, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी ,ललितपुर- ५२८

१९ ,नेपाल इन्जिनियरिङ कलेज,ललितपुर-५७६

२०,लुम्बिनि इन्जिनियरिङ कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्स, रुपन्देही-   २४०

२१,पोखरा इन्जिनियरिङ कलेज,पोखरा-  १९२

२२,अक्सफोर्ड इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट,गैडाकोट,नवलपरासी-२४०

२३,एभरेष्ट इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट-  ३३६

२४,राप्ति इन्जिनियरिङ कलेज ,दाङ- ९६

२५,युनाइटेड टेक्निकल कलेज,चितवन-१९२

२६,पोखरा युनिभर्शीटि स्कुल अफ इन्जिनियरिङ--   २८८

२७,युनिभर्सल इन्जीनियरिङ एन्ड साइन्स कलेज,ललितपुर-  १४४

२८,कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेनट-  १४४

२९,मदन भण्डारी मेमोरियल कलेज,- १९२

३०, रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट-   ९६

३१ ,स्कुल अफ साइन्स, धुलिखेल- ३५

३२,स्कुल अफ इन्जिनियरिङ, धुलीखेल-४२०

३३,एक्मी इन्जिनियरिङ कलेज, सीतापाइला- ३४४

३४,हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज,ललितपुर   १७६

३५,कान्तिपुर सिटी कलेज,पुतलीसडक-१८४

३६,ईष्ट्रन कलेज अफ इन्जिनियरिङ ,विराटनगर--  १६६

३७,ख्वपः इन्जिनियरिङ कलेज,भक्तपुर-- ३७२

३८,कलेज अफ इन्फरमेसन टेक्नोलोजी,काठमाडौं--  ८०

३९,हिमालय इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी,काठमाडौँ  ६०

४०,स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी,विराटनगर   २६४

४१,कलेज अफ वायोमेडिकल इन्जिनियरिङ,विशालनगर,काठमाडौं  ७२

४२,आर्यन स्कुल अफ इन्जिनियरिङ,मध्य वानेश्वर-९६

४३,सेन्ट्रल इन्जिनियरिङ कलेज,जनकपुर---४८

४४,जियोमेटिक्स इन्सटिच्युट अफ टेक्नोलोजी,काठमाडौं-  ४०

४५, कान्तिपुर इन्टरनेसनल कलेज, लुभु, ललितपुर-  १४४

४६,नेपाल पोलीटेक्निक इन्सटिच्युट,भरतपुर-९६

४७,हिलसाइड कलेज अफ इन्जिनियरिङ,कोटेश्वर,काठमाडौं- १४४

४८,मोर्गन इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट, काठमाडौं-४८

४९ स्कूल अफ इन्जिनियरिङ,सुदूरपश्चिम,महेन्द्रनगर-  ९६

५०,स्कूल अफ इन्जिनियरिङ ,वीरेन्द्रनगर, सुर्खेत--१९२

प्रकाशित: Feb 15, 2022| 13:20 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्