शुक्रबार, जेठ १, २०८३

हराएको भनिएको २४ लाख कोभिड खोप अनुगमनका लागि गठित समितिले प्रतिवेदन बुझायो

हराएको भनिएको २४ लाख डोज खोपको रेकर्ड सरकारी तथ्यांकमा नरहेको विषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयले एक साताअघि समिति बनाएको थियो।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

National life

काठमाडौं- कोभिड १९ विरुद्धको हराएको भनिएको २४ लाख डोज खोप अनुगमनको लागि गठित समितिले प्रतिवेदन बुझाएको छ।

हराएको भनिएको २४ लाख डोज खोपको रेकर्ड सरकारी तथ्यांकमा नरहेको विषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयले एक साताअघि समिति बनाएको थियो।

उक्त समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडासमक्ष प्रतिवेदन बुझाएको हो। स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा.गुणराज लोहनी संयोजकत्वमा रहेको समितिले बुझाएको प्रतिवेदनमा छानबिन समितिले विवरण अध्यावधिक गर्न बाँकी रहेकाले तथ्यांक फरक देखिएको निष्कर्ष निकालेको बताइएको छ। प्रतिवेदन पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित: Feb 15, 2022| 09:35 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्