आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निःशुल्क पाउनुपर्ने औषधी पनि चर्को मूल्यमा किन्नुपर्छ नारायणी अस्पतालमा

निःशुल्क पाउनुपर्ने औषधी पनि चर्को मूल्यमा किन्नुपर्छ नारायणी अस्पतालमा

उपचारका लागि सहज होस् भनेर स्वास्थ्य बिमा गराएकाहरु पनि उपचारका लागि अस्पताल आउँदा बिमा अनुसार पाउनुपर्ने औषधी पाउनबाट बञ्चित रहेका छन्।
 |  सोमबार, फागुन २, २०७८

जियालाल साह

जियालाल साह

सोमबार, फागुन २, २०७८

पर्सा– पर्साको धोविनी गाउँपालिका–४ लंगडीका बलिराम साहका भाइको वीरगञ्जस्थित नारायणी अस्पतालमा गत साता मृत्यु भयो। कोभिड संक्रमणका कारण स्वास्थ्य जटिल भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। 

triton college

कोभिडको पहिलो लहरदेखि नै संक्रमितको उपचार गरिरहेको नारायणी अस्पतालमा अहिले पनि दैनिक २–४ जना संक्रमितको उपचार हुने गरेको छ। विश्व महामारीको रुपमा रहेको कोभिडको उपचारमा सरकारले ठूलो लगानी गरेको छ। संक्रमितको उपचारमा लाग्ने सबै खर्च (औषधि, अक्सिजन तथा बेड) सरकराले नै बेहोर्ने गरेको छ तर नारायणी अस्पतालमा भने कोभिड संक्रमितले आफ्नो उपचारका लागि लाग्ने औषधी आफैंले खरिद गरिरहनु परेको छ। 

संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बनेका भाइको उपचारका लागि आफैंले निजी फार्मेसीबाट औषधि खरिद गरेर ल्याएको बलिराम बताउँछन्। अस्पतालको फार्मेसीमा निःशुल्क औषधी पाइन्छ भनेर सुनेको भए पनि औषधी लिन जाँदा आफूले नपाएको उनको गुनासो छ। ‘पटक पटक अस्पतालको फार्मेसीमा गएँ तर जहिल्यै पनि औषधी नभएको भन्दै फर्काए,’ साहले भने, ‘बाध्य भएर निजीबाटै औषधी किनेर भए पनि भाइको उपचार गराइरहेको छु।’ 

साहमात्रै होइन, अस्पतालमा उपचारका लागि आउने अधिकांशकै गुनासो यही हो। उपचारका लागि सहज होस् भनेर स्वास्थ्य बिमा गराएकाहरु पनि उपचारका लागि अस्पताल आउँदा बिमा अनुसार पाउनुपर्ने औषधी पाउनबाट बञ्चित रहेका छन्। जसले गर्दा नारायणी अस्पताल अहिले रेफर अस्पतालको रुपमा परिणत हुँदै गएको छ। अस्पतालमा खटिएका चिकित्सक कर्मचारीले औषधी नरहेको भन्दै सोझै अन्यत्र अस्पतालमा रेफर गरिदिने गरेका छन्। 

उपचारका लागि सहज होस् भनेर स्वास्थ्य बिमा गराएकाहरु पनि उपचारका लागि अस्पताल आउँदा बिमा अनुसार पाउनुपर्ने औषधी पाउनबाट बञ्चित रहेका छन्।

अस्पतालमा उपचारका लागि आउने बिरामीले अन्यत्रबाट औषधी खरिद गर्न नपरोस् भनेर आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। तर फार्मेसीले भनेको समयमा कहिल्यै पनि औषधी उपलब्ध गराउन सकेको छैन। एकातर्फ फार्मेसीले औषधी उपलब्ध नगराउने अर्को तर्फ चिकित्सक कर्मचारीलाई पनि बिरामी हेरिरहने झण्झटबाट मुक्त हुन रेफर गरिएको सेवाग्राहीहरुको आरोप छ। 

corrent noodles
Metro Mart

यता सरकारले ‘आमा सुरक्षा’ कार्यक्रम मार्फत अस्पतालमा प्रसूति हुन आउनेको उपचारमा निःशुल्क औषधी उपलब्ध गराउने व्यवस्था गरेको छ। तर त्यसका लागि समेत नारायणी अस्पतालमा भने शुल्क तिर्नुपर्छ।

सरकारले अस्पतालमा शल्यक्रिया गरेबापत ७ हजार पाँच सय र सामान्यतर्फ ३ हजार अस्पताललाई दिने गरेको छ तर बिरामीले अस्पताल सेवाको नाममा दुःख पाइरहेका छन्। उपचारमा खटिने चिकित्सकले पनि उपचारमा लाग्ने औषधी निजी फार्मेसीबाट व्यवस्था गर्न लगाउने गरेका छन्। 

गएको साता मात्रै वीरगन्ज भेडियाहीकी सोबरा खातुनको शल्यक्रिया मार्फत बच्चा जन्मिएको थियो। तर उनले नारायणी अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधी पाउनबाट बन्चित भइन्। अस्पतालले सर्जिकल ग्लोब्सदेखि सामान्य सिरिन्जहरु पनि आफूहरुलाई नै खरिद गर्न लगाएको उनले बताइन्। उनी मात्रै होइन, प्रसूति विभागमा शल्यक्रियामार्फत बच्चा जन्माउन आउने अधिकांशले सरकारले उपलब्ध गराउने यस्ता औषधी पाएका छैनन्। 

अस्पतालमा उपचारका लागि आएका बिरामीले निःशुल्क औषधी नपाएको विषयमा अस्पताल प्रशासनलाई पनि जानकारी छ। तर यसबारेमा अस्पताल प्रशासनले जानकारी भएर पनि औषधी पाउन सकेको छैन। 

यता औषधी खरिदका लागि टेण्डर भइसकेकाले चाँडै बिरामीले अस्पतालबाट निःशुल्क पाउने औषधी प्राप्त गर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधान बताउँछन्। ‘अहिले औषधी नहुँदा केही समस्या भएकै हो,’ उनले भने, ‘तर हामीले त्यसको व्यवस्थापन गरिरहेका छौँ, अब छिट्टै बिरामीले अस्पतालबाटै औषधी प्राप्त गर्छन्।’

प्रकाशित: Feb 14, 2022| 17:35 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।