शुक्रबार, जेठ १, २०८३

चितवनमा ५६ हजार बढी किशोर-किशोरीलाई कोरोना खोप

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा ३ हजार ११४ , रत्ननगरमा ८ हजार ७१६, राप्तीमा ४ हजार ९२७, कालिका नगरपालिकामा ३ हजार ६५२ र इच्छाकामना गाउँपालिकामा २ हजार २५२ जनाले खोप लगाएका हुन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

National life

चितवन- जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ किशोर-किशोरीले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनीहरुलाई मोडेर्ना खोप लगाइएको हो।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा ३ हजार ११४ , रत्ननगरमा ८ हजार ७१६, राप्तीमा ४ हजार ९२७, कालिका नगरपालिकामा ३ हजार ६५२ र इच्छाकामना गाउँपालिकामा २ हजार २५२ जनाले खोप लगाएका हुन्।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो। यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो। जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका किशोर-किशोरी रहेको अनुमान गरिएको छ। -रासस

प्रकाशित: Feb 14, 2022| 09:55 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्