बिहीबार, चैत ५, २०८२

कार्यदलले बुझायो शिक्षामन्त्रीलाई ५१ बुँदे प्रतिवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणको लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणको लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो। 

National life

कार्यदलले बुझाएको प्रतिवेदनमा कूल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्ने, शिक्षा विकाश तथा समन्वय इकाईको नाम परिवर्तन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्ने, एक पटक आन्तरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमानुसार शिक्षक सेवा आयोगको मार्फत उमेरको हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमा उल्लेख गरेको छ। 

यस्तै, द्वन्द्व पीडित, पेसागत आन्दोलनमा नेतृत्व गरेका शिक्षक तथा कर्मचारी व्यवस्थापनका सम्बन्धमा छानबिन समिति वा आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने, महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गरी उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्ने लगायत विषय प्रतिवेदनमा समेटिएको कार्यदलका सदस्य नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले जानकारी दिए। 

शिक्षा मन्त्रालयको तर्फबाट शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेल र शिक्षक महासघंको तर्फबाट कमलादेवी तुलाधर नेतृत्वको कार्यदललाई सम्झौताको खाका तयार गर्न समय दिइएको थियो। 

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गरी अघि बढाउने बताए। ‘हामीले कार्यदललाई उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बुझाउन भनेका थियौ,’ मन्त्री पौडेलले भने, ‘यसलाई थप अध्ययन र अन्य मन्त्रालयसँग छलफल गरी अघि बढ्छ।’

Laxmi sunrise bank
kumari

महासंघले दिएको सुझावका कतिपय बुँदा अन्य मन्त्रालयसँग पनि सम्बन्धित भएको बताउँदै मन्त्री पौडेलले केही समयपछि निचोर्डमा पुर्‍याउने गरी छलफल हुने आश्वासन दिए। विभिन्न माग राख्दै शिक्षक महासंघले शिक्षा मन्त्रालयसँग नियमित वार्ता गर्दै आइरहेको छ।

प्रकाशित: Feb 14, 2022| 08:01 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्