बिहीबार, चैत ५, २०८२

खोप हराएको भन्‍ने विषय राजनीतिक प्रोपोगाण्डा : स्वास्थ्यमन्त्री

विराटनगरमा शनिबार सञ्‍चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्‍ने विषय राजनीतिक प्रोपोगण्डा गरेको र एक खोप नहराएको दाबी गरेका छन्।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप हराएको भन्दै राजनीतिक प्रोपोगाण्डा गरेको बताएका छन्।  विराटनगरमा शनिबार सञ्‍चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्‍ने विषय राजनीतिक प्रोपोगण्डा गरेको र एक खोप नहराएको दाबी गरेका छन्। 

National life

उनले भने, 'कुन देशबाट कुन कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ। स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेस्टेज गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मच्चाइएको छ।’

सुरुमा निश्चित दिन तोकेर खोप लगाउने गरेको र त्यहाँ स्वास्थ्यकर्मीले लिएर गएको खोप खोलेर लगाउने क्रममा बाँकी रहेको खोप 'वेस्टेज' भएको भन्दै उक्त संख्यालाई नै लिएर अहिले यति धेरै राजनीतिक भइरहेको खतिवडाको भनाइ थियो।

अहिले प्रत्येक स्थानीय तहमार्फत दैनिक खोप लगाउने काम भइरहेकाले एउटा पनि खोप खेर नजाने गरेको उनले बताए। यस्तै चैत महिनाअघि नै १२ वर्षमाथिका उमेर समूहका प्रत्येक नागरिकलाई खोप लगाइसक्ने उनको दाबी थियो।

अर्को प्रसंगमा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. श्यामसुन्दर यादवको नियुक्ति कानुनसम्मत रहेको दाबी गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2022| 19:10 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्