शुक्रबार, जेठ १, २०८३

त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरे।

National life

एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट रहेको छ। 

महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ। उद्घाटन कार्यक्रममा मेयर शाक्यले काठमाडौं महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरण रहेको बताए। शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री भएको मेयर शाक्यले बताए।

नवनिर्मित शौचालयमा आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ। यसमा स्वचालित प्रबिधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली पनि जडान गरिएको छ।

यस्तै यस शौचालयमा महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन्। 

प्रकाशित: Feb 11, 2022| 15:30 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्