शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एकले अर्कोलाई बचाउन खोज्दा गयो पाँचजनाको ज्यान

आगो नियन्त्रण हुँदै गर्दा थाहा भयो। त्यहाँ त पाँच जनाले ज्यान गुमाइसकेछन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताए।
 |  शुक्रबार, माघ २८, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- माघको चिसो अनि सुनसान रात। दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइन पनि मस्त निन्द्रामा थियो। त्यही निन्द्रामा थियो अलि बकसकाे परिवार पनि। शुक्रबार बिहान पौने दुई बजेतिर सुनसान सडकमा कुकुर भुकेकाे आवाजमात्रै सुनिन्थ्याे। त्यही सडकमा जनताको सुरक्षार्थ प्रहरी गस्ती खटिएको थियो। त्यही गस्तीले देख्यो 'ङ' लाइनको एउटा घरमा पुत्पुताइरहेको धुवाँ।

triton college

गस्तीले तुरुन्त इलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर गर्‍यो। करिब एक किलोमिटर दूरीमा रहेको प्रहरी टोली तुरुन्त पुग्यो। तर, प्रहरी पुग्दासम्म घरमा आगो दनदनी दन्किरहेको थियो। मान्छे भेला भएका थिए। रुवावासी चलिरहेको थियो।

तुलसीपुर उपमहानगरपालिका-५ स्थित मुख्य बजारमा रहेको इरम फुटवेयरमा आगलागी भएको हाे। आगो नियन्त्रणका लागि तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी सबै जुटे। बजारवासीको निन्द्रा बिथोलियो।

सबै आत्तिँदै उठे। इरम फुटवेयर खरानी भइरहेको थियो। 'हामी सुतेका थियौं। एकाएक दमकलका साइरन बज्न थाले। उठेर बाहिर हेरेको त अँधेरी रातमै धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्थ्यो। मन आत्तियो। हतारहतार हामी पनि घटनास्थलतर्फ कुद्‍याै‌,' स्थानीय पत्रकार नारायण खड्काले भने।

Metro Mart
vianet

उनले पानीको अभाव रहेको बजारमा निकै लामो प्रयासपछि मात्र आगो नियन्त्रणमा लिन सकिएको बताए। 'मेरो घर र घटनास्थलको दूरी एक किलोमिटर पनि होइन। निकै लामो समयसम्म आगो नियन्त्रण हुन नसक्दा हामी निक्कै आत्तिएका थियौं,' उनले भने।

आगो नियन्त्रण हुँदै गर्दा थाहा भयो। त्यहाँ त पाँच जनाले ज्यान गुमाइसकेछन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताए।
त्यतिखेरसम्म कसैलाई केही थाहा थिएन। सबैमा एकै चिन्ता थियो, आगो चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट बचाउनुपर्छ। आगो नियन्त्रण हुँदै गर्दा थाहा भयो, त्यहाँ त पाँच जनाले ज्यान गुमाइसकेछन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताए।

नेपाल समयसँग कुरा गर्दै उनले भने, 'मृत्यु हुनेमा करिब ६ वर्षीय अबिददिन अली, करिब १४ वर्षीया सजिता खातुन, करिब १५ वर्षीय हसन बकस, करिब १५ वर्षीय मसिन बकस र करिब ४२ वर्षीय नजरदिन अली छन्।'

रातिको समयमा खटिएको प्रहरीको गस्ती टोलीले आगलागी भएको नदेखेको भए थप क्षति हुने उनले बताए। 'हाम्रो टोली नाइट गस्तीमा थियो। शुक्रबार बिहान पौने दुई बजेतिर आगलागी भएको देखेर हामीलाई खबर प्राप्त भयो। तुरुन्त उद्धारमा खटियाै‌। आगो धेरै दन्किएकाले पाँच घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आयो,' उनले भने।

आगो लागेको थाहा पाइसकेपछि एकले अर्कोलाई बचाउन खोज्दा भित्रै थुनिएर उनीहरुकाे मृत्यु भएको उनले बताए। 'आगो दन्किसकेको थियो। नजरुदिन अलीले अबिददिन अलिलाई बचाउन खोज्दा उनी पनि भित्रै थुनिएको देखिन्छ। बकस थरका तीन बालबालिकाले पनि एक अर्कालाई बाहिर निकाल्ने प्रयास गर्दा भित्रै थुनिएको देखिन्छ। घटनाबारे अनुसन्धान थालिरहेका छौं,' डीएसपी अर्यालले भने।

उक्त घरमा तीन परिवार बस्ने गरेकाेमा एक परिवार भने समयमै बाहिर निस्किन सफल भएर बाँचेकाे उनले बताए। तल जुत्ताचप्पल पसल रहेको र पछाडि गोदाम रहेको तथा त्यसको माथि मानिसहरू बस्ने गरेको प्रहरीले जनाएको छ। एउटा उक्त पसलका सञ्चालकको परिवार बस्ने र अन्य दुई परिवार पनि सोही घरमा बस्दै आएको अर्यालले बताएका छन्। सबै घर बहालमा दिइएको थियो।

उनले स्थानीय सरकार र प्रशासन तयारी अवस्थामा नरहनुले पनि ठूलो क्षति भएको गुनासो गरेका छन्।

घरको दोस्रो तलामा कस्मेटिक पसल थियो। उक्त पसल पनि जलेर खरानी भएको छ। 'घरको वरपर हेर्दा आगलागी हुने जस्तो केही छैन। कसैले आगो लगाएको जस्तो पनि छैन। अहिले नै केही भन्न सकिँदैन। तर, हामीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेका छौं,' उनले भने।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले राति प्रहरीले खबर गरेर आफूहरूले घटनाबारे जानकारी पाएको बताए। 'मेरो घर र घटनास्थल तीन सय मिटर दूरीमा छ। राति हामी निन्द्रामा थियौ, थाहै भएन। प्रहरीले खबर गरेर घटनास्थल पुग्दा नेपाल प्रहरीमात्रै थियो। पछि सबैलाई खबर हुँदै गयो। नेपाली सेना, सशस्त्र, स्थानीय सबै भेला भएर आगाे नियन्त्रणमा लियौं,' उनले भने।

उनले स्थानीय सरकार र प्रशासन तयारी अवस्थामा नरहँदा ठूलो क्षति भएको गुनासो गरे। 'घोराही उपमहानगरपालिकासँग चुस्त दमकल छैन। पानीको व्यवस्था भएन। जनप्रतिनिधिहरूको सक्रियता एकदमै फितलो देखियो। सुरक्षा निकायको सहयोग नभएको भए त झनै ठूलो क्षति हुन्थ्यो,' उनले भने।

आफूहरू त्यहाँ पुग्दा घरभित्र पसेर उद्धार नै गर्न नसकिने अवस्था रहेको उनले बताए। 'हाम्रा पुराना शैलीका घर छन्। बाक्लो बस्तीबीचमा रहेका घर वरपर एक इन्च जमिन नछोडेर बनेका छन्। मूल ढोका बाहेक अन्य ठाउँबाट निस्किने बाटो छैन। यस्तो अवस्थामा यस्ता अप्रिय घटना घटना हुँदा ज्यान जोगाउन गाह्रो हुन्छ,' उनले भने।

उनले तुलसीपुर उद्योग वाणिज्य संघले पीडितलाई सहयोगका लागि राहत घोषणा गरेको बताएका छन्। यसका साथै शोकमा एक दिन बजार बन्द गरिएको उनले सुनाए।

प्रकाशित: Feb 11, 2022| 14:03 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।