बिहीबार, चैत ५, २०८२

फागुन एक गतेदेखि सबैलाई कोभिडको बुस्टर डोज

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको खोप नहराएको दाबी गरेका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको खोप नहराएको दाबी गरेका छन्। आफूले मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। 

National life

‘कुनै खोप हराएको छैन। जनताले खोप लगाएका छन् तर रेकर्डमा समस्या भएकाले यकिन तथ्यांक आउन ढिला भएको हो,’ उनले भने।

पूर्ण खोप लगाएको ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्ने उनले जनाए। बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन पनि भनेको छ। मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने जनाएको छ। 

हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ डोज लगाइसकिएको उनले उल्लेख गरे। कोभिड–१९ परीक्षणको मूल्य निजी अस्पतालका प्रयोगशालामा २ हजार रुपैयाँबाट घटाई १ हजार ५०० रुपैयाँ र सरकारी स्वास्थ्य संस्थामा १ हजार रुपैयाँबाट घटाई ८०० रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 11, 2022| 12:32 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्