बिहीबार, चैत ५, २०८२

पशुपतिनाथ मन्दिर आजदेखि खुल्यो

कोरोना संक्रमणका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कोरोना संक्रमणका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषले जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गरिएको बताएको छ।

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गरिएको कोषले जनाएको छ।

प्रकाशित: Feb 11, 2022| 11:55 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्