बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से कारोबार ३१ प्रतिशत घट्दा परिसूचक र इन्डेक्स पनि ओरालो

नेप्से कारोबार ३१ प्रतिशत घट्दा परिसूचक र इन्डेक्स पनि ओरालो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यस साता (असार २९–साउन ३) नेपाल  स्टक एक्सचेन्ज (नेप्से)को कारोबार ३१.३२ प्रतिशत कम भएको छ। १८६ कम्पनीहरुको १५ हजार १२८ कारोबारबाट एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरको ४७ लाख ५४ हजार पाँच सय २० कित्ता शेयरहरु खरिद बिक्री भएका छन्।
 
जबकी गएको साता १९१ कम्पनीहरुको कारोबार भएको थियो। जसमा २४ हजार ३७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।

यस्तै गएको  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर अन्तिम दिन १ हजार १९३.३९ अंकमा पुगेको छ। 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३९ अंकले 
घटेर २५१.४२ अंकमा पुगेको छ।

अग्रस्थानमा तीन कम्पनी

सातामा कारोबार रकम (३५ करोड ८० लाख १० हजार रुपैयाँ) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (१२ लाख ५२ हजार कित्ता) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । कारोबार संख्या (९६८ वटा) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। 

सर्वाधिक रकम कारोबार भएका पाँच कम्पनी

गएको साता प्राइम लाइफ इन्स्योरेन्स संस्थापक, नविल बैंक, नविल बैंक लिमिटेड संस्थापक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको हो। 

पाँच कम्पनीको शेयर सूचिकृत

यस साता रिलायन्स फाइनान्सको हकप्रद, मिथिला लघुवित्त वित्तीय संस्थाको वोनस, नेपाल इन्स्योरेन्सको हकप्रद, नेपाल इन्स्योरेन्सको वोनस र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको  वोनस शेयर सूचिकृत भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्