सोमबार, जेठ २६, २०८२

सभामुखलाई कालो झण्डा देखाउँदा धुलिखेलमा सेना परिचालन !

सभामुख अग्निप्रसाद सापकोटालाई धुलिखेलमा कालो झण्डा देखाउँदा भएको प्रहरी झडपमा सेना परिचालन भएको नेकपा एमाले समर्थित युवा संघले दाबी गरेको छ।
 |  बिहीबार, माघ २७, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बिहीबार, माघ २७, २०७८

vianetvianet

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटालाई धुलिखेलमा कालो झण्डा देखाउँदा भएको प्रहरी झडपमा सेना परिचालन भएको नेकपा एमाले समर्थित युवा संघले दाबी गरेको छ। धुलिखेलको मिराबेल चोकनिर एमाले समर्थित युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताले सभामुखलाई कालो झण्डा देखाएका थिए। 

त्यसक्रममा हतियारसहितका सेना प्रदर्शनकारी भएको ठाउँ आसपास रहेको युवा संघ काभ्रेका संयोजक सागर रायमाझीले दाबी गरे। ‘हतियारसहितका सेना समूह–समूह बनाएर हामी भएको ठाउँ आसपास बसे,’ रायमाझीले भने, ‘यदि सेना नियमित कार्यमा निस्केको भए पनि यसरी शंकास्पद रुपमा हामीतर्फ आउनु गम्भीर कुरा हो। त्यसमाथि प्रहरीले निर्मम ज्यादती गरेको छ।’

सभामुखलाई कालो झण्डा देखाउँदै एमालेका कार्यकर्ता
एमाले युवा संघले नियोजित रुपमा सेना परिचालन गरिएको बताए पनि सैनिक प्रवक्ता नारायण सिलवालले भने त्यस्तो केही नभई सेना नियमित अभ्यासका क्रममा बाहिर निस्केको बताए। ‘अहिले हाम्रो देशभरि तालिम चलेको छ। त्यही क्रममा सेना आफ्नो रुटिनमा निस्कँदा संयोग परेको हुन सक्छ। योबाहेक सेना परिचालन भएको छैन।’

प्रवक्ता सिलवालले यस्तो बताए पनि जिल्ला सुरक्षा समन्वय समितिले सभामुखकै सुरक्षाका लागि नेपाली सेना परिचालन गरेको बताइएको छ। 

National life insurance

काभ्रेको सारथी होटलमा आयोजित सातै प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको हो।

यसअघि १८ माघमा पनि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख सापकोटालाई कालो झण्डा देखाएको थियो।

गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामै अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका थिए। एमाले विभाजनमा भूमिका खेलेको भन्दै अनेरास्ववियुका कार्यकर्ताले सभामुख सापकोटाविरुद्ध नाराबाजीसमेत गरेका थिए। सभामुख सापकोटालाई अवरोध गर्न खोज्ने अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी हटाएको थियो।



प्रकाशित: Feb 10, 2022| 16:50 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...