शुक्रबार, जेठ १, २०८३

यस्तो छ एसईईको तालिका

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उनले जानकारी दिए।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

National life

राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। 

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उनले जानकारी दिए। यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ।

कोरोना भाइरस संक्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलोगरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।


प्रकाशित: Feb 10, 2022| 10:50 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्